Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाली काँग्रेसबाट धादिङको बेनीघाट रोराङ अध्यक्षमा ५ र उपाध्यक्षमा ३ जनाको दाबी

नेपाली काँग्रेसबाट धादिङको बेनीघाट रोराङ अध्यक्षमा ५ र उपाध्यक्षमा ३ जनाको दाबी

images

इच्छाकामना न्युज

२५, चैत्र २०७८
नेपाली काँग्रेसबाट धादिङको बेनीघाट रोराङ अध्यक्षमा ५ र उपाध्यक्षमा ३ जनाको दाबी
images

बिशालटार, २५ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वार बन्न चाहनेहरु टिकटका लागि आ–आफ्ना दलमा दावी प्रस्तुत गर्न थालेका छन्। जसअनुरुप धादिङको बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि नेपाली काँग्रेसबाट उम्मेद्वार बन्न चाहनेहरुले दावी प्रस्तुत गर्न थालेका छन्।

पार्टी स्रोतबाट प्राप्त समाचार अनुसार बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली काँग्रेसबाट ५ जनाले दावी गरेका छन्। अध्यक्षमा दावी गनेहरुमा देविप्रसाद सिलवाल, दिपकान्त थपलिया, सन्तोष पौडेल, बि.पि. कंडेल र ज्ञानेन्द्र सिलवाल रहेका छन्। 

अध्यक्षमा दावी गर्नेहरुमा देविप्रसाद सिलवाल हाल नेपाली काँग्रेसबाटै निर्वाचित भएर गाउँपालिकाको उपाध्यक्ष छन् भने पार्टीको महाधिवेशन प्रतिनिधि हुन्। दिपकान्त थपलिया पार्टीको महाधिवेशन प्रतिनिधी हुन् भने सन्तोष पौडेल पार्टीको बागमती प्रदेश प्रतिनिधि एवं कार्य समिती सदस्य हुन्। यस्तै ज्ञानेद्र सिलवाल पार्टीको पूर्व जिल्ला सदस्य हुन् भने बि.पि. कडेल पार्टीको पूर्व क्षेत्रीय सभापति हुन्।

यसैबिच गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेपाली काँग्रेसबाट ३ जनाले दावी प्रस्तुत गरेको छ। उपाध्यक्षमा दावी प्रस्तुत गर्नेहरुमा पार्टीका जिल्ला सह–सचिव क्रान्ति डल्लाकोटि, महिला संघका केन्द्रीय सदस्यकविता इटनी र जिल्ला सदस्य अनप धरेल रहेका छन्।

उनीहरुले निर्वाचनको तयारीको लागि पार्टीले राखेको गाउँभेलामा आ–आफ्नो दावी प्रस्तुत गरेका हुन्। भेलामा गाउँ पार्टीका सभापति ऋषि नाथ त्रिपाठि, महाधिवेशन प्रतिनिधि उर्मिला थपलिया, कबिन शाक्य, बिमला चेपाङ, राम बहादुर थापा लगायत गाउँपालिका, क्षेत्र र जिल्लाका नेताहरुको बाक्लो उपस्थित रहेको थियो।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - २०:२०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology