Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन–गजुरी सडकखण्डमा गाजा बिक्री गर्ने विभिन्न होटलका ५ जना संचालक पक्राउ

मुग्लिन–गजुरी सडकखण्डमा गाजा बिक्री गर्ने विभिन्न होटलका ५ जना संचालक पक्राउ

images

इच्छाकामना न्युज

२४, चैत्र २०७८
मुग्लिन–गजुरी सडकखण्डमा गाजा बिक्री गर्ने विभिन्न होटलका ५ जना संचालक पक्राउ
images

धादिङ, २४ चैत । प्रहरीले लागु औषध गाँजा सहित धादिङका ५ जना होटल संचालकहरुलाई पक्राउ गरेको छ ।

पृथ्वी राजमार्ग छेउछाउमा रहेका चिया नास्त पसल तथा होटलहरुमा लागु औषध गाजा विक्रि वितरण भईरहेको जानकारी आएपछि अनुगमनका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गजुरी गाउपालिका वडा नं २ विहानी पम्प स्थित पृथ्वी राजमार्गमा पर्ने जयराम स्टाप होटलका संचालक सानी अधिकारी, गजुरी गाउपालिका वडा नं २ फुर्केखोलामा रहेको आयुष होटलका संचालक राज कुमार भन्ने होतराज सेढाई, सोही स्थामा रहेको हिरा होटल एण्ड लजका संचालक हिरामाया लम्साल, ठकुरी होटलका संचालक बेद कुमार शाही र बेनिघाट रोराङ गाउपालिका वडा नं ३ करम खोला स्थित चिया नास्ता होटलका संचालक खिलनाथ त्रिपाठी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट २५ किलो गाँजा समेत बरामद भएको बताईएको छ ।

 

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - ०७:५३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology