Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इच्छाकामना गाउँपालिकाको सहयोगमा मुग्लिनमा संचालित ३ दिने कुक तालिम समापन

इच्छाकामना गाउँपालिकाको सहयोगमा मुग्लिनमा संचालित ३ दिने कुक तालिम समापन

images

इच्छाकामना न्युज

२३, चैत्र २०७८
इच्छाकामना गाउँपालिकाको सहयोगमा मुग्लिनमा संचालित ३ दिने कुक तालिम समापन
images

मुग्लिन, २३ चैत । व्यवसाय विकास तथा प्रवर्द्धनको लागि इच्छाकामना गाउँपालिकाको सहयोग र होटल व्यवसायी संघ, चितवन ईच्छाकामना ईकाई समितिको आयोजनामा इच्छाकामना ५ मुग्लिनमा भएको ३ दिने ईण्डियन कुक तालिम सम्पन्न भएको छ । होटल व्यवसायी संघ, चितवन ईच्छाकामना ईकाईका अध्यक्ष मिनबहादुर श्रेष्ठको अध्यक्षता तथा इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथ्यता ३ दिने ईण्डियन कुक तालिम सम्पन्न भएको हो।

तालिम समापन कार्यक्रममा विशिष्ट अतिथि होटल व्यवसायी संघ, चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, इच्छाकामना गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवाल, अतिथिहरु वडा नम्बर ५ का वडा सदस्य एवं कार्यपालिका सदस्य निर्मला श्रेष्ठ ,होटल व्यवसायी संघ चितवनका सचिव रामबहादुर गुरुङ, होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष कमल शर्मा, निवर्तमान इकाईका अध्यक्ष राम पाण्डे लगायत उपस्थित रहेका थिए।

तालिममा सहभागीहरुलाई प्रमुख अतिथि श्रेष्ठ एवं विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवालले खादा लगाइ दिएर प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले गाउँपालिलाले धेरै तालिमको आयोजना गरेको भएपनि त्यसले रोजगारीको स्तरमा धेरै फाइदा लिन नसकेको हुँदा तालिम लिएर मात्रै नहुने भन्दै यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

यस्तै होटल ब्यवसायीको मागलाई मनन् गरेर तालिमको लागि आर्थिक सहयोग गरेमा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले ईच्छाकामना गाउँपालिकालाई धन्यवाद दिए।

समापन कार्यक्रममा १७ औ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बागमति प्रदेश को प्रतिनिधित्व गर्दै दोस्रो स्थान हात पार्न सफल इच्छाकामना, मुग्लिन निवासी सुप्रिका गुरूङलाई सम्मान गरिएको थियो।

277770314_1335143356994483_6976853795513519205_n.jpg

यस्तै होटल व्यवसायी संघ चितवन ईच्छाकामना ईकाईका अध्यक्ष मिनबहादुर श्रेष्ठले प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, विशिष्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष मोदराज सिलवाल र होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ एवं तालिमका प्रशिक्षक रमेश रानाभाटलाई मायाको चिनो प्रदान गरेका थिए।

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - २१:३१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology