Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालगञ्जलाई महानगर बनाउने बहसः तयारी बिनाको चर्चा 

नेपालगञ्जलाई महानगर बनाउने बहसः तयारी बिनाको चर्चा 

इच्छाकामना न्युज

२३, चैत्र २०७८
नेपालगञ्जलाई महानगर बनाउने बहसः तयारी बिनाको चर्चा 
images

निशु जोशी, नेपालगन्ज, २३ चैत । स्थानीय तह निर्वाचनको माहेलका बीच कतिपय जनप्रतिनिधिले आफ्नो पालिकाको स्तरबृद्धि गर्ने चाहना पनि राखेका छन् । नेपालगञ्ज उप–महानगरपालिकालाई पनि महानगर बनाउनुपर्ने धारणा जनप्रतिनिधि र नागरिकको रहेको छ । बाँकेको बैजनाथ, जानकी, खजुरा, डुडुवा गाउँपालिकालाई समेत गाभेर एउटा महानगर बनाउनुपर्ने जनप्रतिनिधिको प्रस्ताव छ ।

images
images

बाँकेको कोहलपुर, जमुनाह, मानखोला र राप्ती नदीवारिसम्मको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन नेपालगन्ज उप–महानगरपालिकाले सम्भाव्यता अध्ययन थालेको छ । तर, यसबारेमा प्रक्रिया अगाढी बढेको छैन । अन्य पालिकालाई गाभेर महानगर बनाउन हुने÷नहुनेमा भने जनप्रतिनिधिबीचमा नै मत बाझिएको छ ।

नेपालगन्ज उप–महानगरपालिका मेयर डा. धवल शम्शेर राणाले भौतिक विकास र मापदण्डका हिसाबले नेपालगञ्ज महानगर बन्ने अवस्थामा रहेपनि राजनीतिक दलहरु र केही नेताहरूले आफ्नो राजनीतिको स्थान हराउने डरले महानगरपालिकाको योजनाबाट हच्केको बताउँदै आउनुभएको छ ।

सम्भाव्यता अध्ययनकालागि उप–महानगरपालिकाले २५ लाख रूपैयाँबजेट छुट्याएको छ । तर, यसबारेमा औचारिक छलफल नभएको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा महानगर पालिकाको लागि कम्तिमा पाँच लाख स्थायी बासिन्दा, वार्षिक एक अर्ब रूपैयाँको आन्तरिक आम्दानी, अपाङ्गमैत्री सार्वजनिक यातायात, अन्तराष्ट्रिय स्तरको रङ्गशाला, सङ्ग्रहालय, ५ सय शैय्याको विशेषज्ञसहितको अस्पताल आवश्यक पर्ने उल्लेख छ ।

पूर्व सहरी विकास मन्त्री समेत रहनुभएका बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य मोहम्द इस्तियाक राई भने महानगरको योजना हल्ला मात्रै भएको बताउनुहुन्छ । त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहमुखि क्याम्पसका उप–प्राध्यापक भुवनेश्वर लामिछाने महानगर घोषणाको अभियानमा लाग्नुभन्दा महानगर निर्माणको योजनामा लाग्न सुझाव दिनुहुन्छ ।

महानगर बन्नको लागि अन्तरराष्ट्रियस्तरको विमानस्थल, अन्तर्राष्ट्रियस्तरको सभाहल, टर्मिनलसहितको बसपार्क, प्राविधिक शिक्षालय लगायत मापदण्ड पनि रहेको छ । तथ्याङ्क बिभागको पछिल्लो सर्वेक्षण अनुसार नेपालगञ्जमा करिब १ लाख ५५ हजार स्थायी बासिन्दा छन् । सम्पूर्ण मापदण्ड पूरा नभएकाले उप–महानगरपालिकालाई महानगरपालिका बनाउने विषय रहर मात्रै रहेको कतिपयको बुझाइ छ । 

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ०९:४०:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology