Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

एमाले प्रवेश गरेका धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी २४ घण्टा टिकेनन्, आज माओवादी केन्द्रमा फर्किए 

एमाले प्रवेश गरेका धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी २४ घण्टा टिकेनन्, आज माओवादी केन्द्रमा फर्किए 

इच्छाकामना न्युज

२२, चैत्र २०७८
एमाले प्रवेश गरेका धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी २४ घण्टा टिकेनन्, आज माओवादी केन्द्रमा फर्किए 

धादिङ, २२ चैत । हिजो मात्रै नेकपा एमालेका अध्यक्ष केपि ओलीले एमाले प्रवेश गराएका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी पुनः नेकपा (माओवादी केन्द्र)मै फर्किएका छन् । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश सदस्य समेत रहेका डल्लाकोटीलाई हिजो मात्रै एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा खादा र माला लगाएर एमाले प्रवेश गराएका थिए ।

images

डल्लाकोटी एमाले प्रवेश गरेको २४ घण्टा पनि नबित्तै पुनः माओवादी केन्द्रमा फर्किएका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्षमा विजयी डल्लाकोटी १५ वर्ष अघि एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

डल्लाकोटीले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै भनेका छन्,“आफू क्षणिक आक्रोस र आवेगमा आइ राजनैतिक रुपमा गम्भीर गल्ती गर्न पुगेको कारण समग्र पार्टी पङ्तिमा पर्न गएको क्षतिप्रति आत्मआलोचित हुँदै आगामी दिनमा नेकपा (माओवादी केन्द्र) मा रही पार्टीको निर्णय अनुसार क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दछु ।”

डल्लाकोटीले जारी गरेको विज्ञप्ती

277471293_512351323661915_2887867182308343582_n.jpg

 

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १९:०५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology