Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मुग्लिनका होटल व्यवसायीलाई इण्डियन कुक तालिम

मुग्लिनका होटल व्यवसायीलाई इण्डियन कुक तालिम

images

इच्छाकामना न्युज

२१, चैत्र २०७८
मुग्लिनका होटल व्यवसायीलाई इण्डियन कुक तालिम
images

मुग्लिन, २१ चैत । व्यवसाय विकास तथा प्रवर्द्धनको लागि इच्छाकामना गाउँपालिकाको सहयोग र होटल व्यवसायी सङ्घ, चितवन ईच्छाकामना ईकाई समितिको आयोजनामा मुग्लिनमा ईण्डियन कुक तालिम दिन सुरू गरिएको छ । होटल व्यवसायी सङ्घ, चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षता तथा इच्छाकामना गाउँपालिका कि कार्यपालिका सदस्य निर्मला श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न उद्घाटन सत्रमा होटल व्यवसायी सङ्घ चितवन, ईच्छाकामना ईकाई समितिका अध्यक्ष मीनबहादुर श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो। IMG_20220404_153116.jpg उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बलराम त्रिपाठी ,होटल व्यवसायी संघ चितवनका द्वितीय उपाध्यक्ष कमला गुरुङ, तृतीय उपाध्यक्ष थानेश्वर सापकोटा, सचिव रामबहादुर गुरुङ र अन्य अतिथिहरुमा होटल व्यवसायी सङ्घ, चितवनका जिल्ला सदस्य अशोक शेरचन , निवर्तमान इकाईका अध्यक्ष रामपाण्डे लगायत उपस्थित रहेका थिए। राजमार्ग क्षेत्रमा भारतीय पर्यटकको चाप अत्याधिक मात्रामा हुने भएकोले खानाको गुणस्तर वृद्धिको लागि इच्छाकामना गाउँपालिकाको सहयोग र होटल व्यवसायी सङ्घ चितवन, इच्छाकामना इकाईको आयोजनामा १५ होटल व्यवसायीलाई ईण्डियन कुक तालिम सञ्चालन गरिएको इच्छाकामना इकाईका अध्यक्ष मिनबहादुर श्रेष्ठले बताउनुभयो। उद्घाटन कार्यक्रम होटल व्यवसायी सङ्घ चितवन, इच्छाकामना ईकाइका सचिव कमल श्रेष्ठले सञ्चालन गरेका थिए।

images
प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - १५:३२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology