Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामना गाँउपालिकाको एक घर एक धारा अभियान : मेट्राङका ५८ घरधुरीमा धारा

इच्छाकामना गाँउपालिकाको एक घर एक धारा अभियान : मेट्राङका ५८ घरधुरीमा धारा

images

इच्छाकामना न्युज

२०, चैत्र २०७८
इच्छाकामना गाँउपालिकाको एक घर एक धारा अभियान : मेट्राङका ५८ घरधुरीमा धारा
images

चितवन, २० चैत । एक घर एक धारा अभियान अन्तरगत चितवनको इच्छाकामना १ मेट्राङका ५८ घरधुरीमा खानेपानी धारा निर्माण सम्पन्न भएको छ । आज गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो कार्यक्रममा बोल्दै अध्यक्ष गीता कुमारी गुरुङले आफुले निर्वाचनमा गरेको वाचा पुरा गरेको बताउनुभयो । आफु निर्वाचनका बेला भोट माग्न आउदाँ खाना खाएर रुखको पातले हात पुछेको स्मरण गर्दै उहाँले आज घरघरमा पानी पु¥याउन सफल भएको बताउनुभयो । उहाँले गाउँपालिकाले एक घर एक धारा अभियानका लागि विभिन्न संघसस्थाहरुसंग समेत सहकार्य गरेको बताउनुभयो । सोही योजना अनुरुप आज वाइन टु वाटरसंगको सहकार्यमा ५८ घरधुरीमा खानेपानी धरा लिफ्टिङ मार्फत पु¥याउन सफल भएको बताउनुभयो । साथै अध्यक्ष गुरुङले सबै वडाका बस्तीहरुमा सडक पुगेको धेरै जसो घरघरमा खानेपानी प्रत्येक वडामा स्वास्थ्य सेवा पु¥याइएको बताउनुभयो । वाइन टु वाटरका प्रमुख कार्यकारी अधिकृत प्रमोद चन्दनले आगामी दिनमा यहाँका चेपाङ समुदायको लागि वाइनटुवाटरले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो । वाइनटुवाटर नेपालका कार्यकारी अधिकृत रोशनी कार्की सापकोटाले छोटो समयमै खानेपानी आयोजना सम्पन्न भएको बताउनुभयो । घरघरमा पानी आइसकोले अब सरसफाईमा लाग्न आग्रह गर्नुभयो । सुन्दर गाउँ बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । धाराधारामा आएको पानीलाई सुद्धिकरण गरेर पिउन आग्रह गर्नुभयो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष धन बहादुर चेपाङले यहाँका वासिन्दाहरुले घण्टौ लगाएर कुवाबाट पानी भर्नु पर्ने समस्या सामाधान भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले गाउँपालिका अध्इक्ष सहितका जनप्रतिनिधि र वाइन टु वाटरका प्रतिनिधिहरुलाई धन्यावाद दिनुभयो । वाइन टु वाटरका वास संयोजक यज्ञराज जोशीले ४६ लाखमा आयोजना समपन्न भएको बताउनुभयो । जस मध्ये १२ लाख गाउँपालिका र बाँकी वान टु वाटरको रहेको जानकारी दिनुभयो । कार्यक्रममा उपाध्यक्ष कृतिमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडाध्यक्ष नन्दलाल गिरि वडा सदस्य लगायतको उपस्थिति रहेका थिए ।\

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - २३:११:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology