Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

झण्डै पौने ८ लाख जारी तिरेर अर्काकी श्रीमती बिवाह गर्ने वडाध्यक्ष पक्राउ

झण्डै पौने ८ लाख जारी तिरेर अर्काकी श्रीमती बिवाह गर्ने वडाध्यक्ष पक्राउ

images

इच्छाकामना न्युज

२०, मंसिर २०७७
झण्डै पौने ८ लाख जारी तिरेर अर्काकी श्रीमती बिवाह गर्ने वडाध्यक्ष पक्राउ
images

सुर्खेत, २० मंसिर । सल्यानमा तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ परेका छन्। वनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई तेस्रो बिहे गरेका कारण पक्राउ परेका हुन् ।

उनले मंसिर १ गते (भाइटीकाको दिन) गाउँकै नोखिराम बोहराकी श्रीमती ग्वामी विष्ट (गौरी बोहोरा)लाई तेस्रो श्रीमतीका रुपमा भित्र्याएका थिए। वडाध्यक्ष कुमाइले तेस्रो श्रीमतिका पूर्व पति नोखिरामलाई जारीसमेत तिरिसकेका छन्। गाउँमा अहिले पनि अर्काकी श्रीमतीलाई विवाह गरेको खण्डमा जारी तिर्ने प्रचलन छ। कुमाइले घटनालाई लुकाउन पूर्वपतिलाई जारी स्वरुप तीन लाख ८० हजार र ऋण तिर्नको लागि तीन लाख ९५ हजार गरी कुल सात लाख ७६ हजार तिरिसकेका छन्।

तर, वडाध्यक्षले घरमा दुई वटी श्रीमती हुँदाहुँदै तेस्रो बिहे गरेको भन्दै केही स्थानीयले प्रहरी कार्यालयमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई शुक्रबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

वडासहित तेस्रो श्रीमती गौरीलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रक्राउ परेका दुबै जनालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए। बहुविवाह गर्ने दुबै जना ४५ वर्ष काटिसकेका छन्।

तेस्रो बिहे गर्ने वडाध्यक्षका चार छोराछोरी छन्। जसमध्ये पहिला श्रीमतीबाट दुई छोरी र दोस्रो श्रीमतीबाट दुई छोरा छन्। त्यस्तै वडाध्यक्षसँग दोस्रो विवाह गर्ने गौरीका चार छोरा र एक छोरी छिन्। जसमध्ये कान्छा छोराको बाहेक सबैको विवाह भइसकेको छ।

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - १५:१४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology