बझाङ, १७ चैत । बझाङ जिल्लाकोे जयपृथ्वी नगरपालिका वडा नं. ११ धामिलेकमा रहेको धल्देउ निम्न माध्यामिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यालयमा कार्यरत शिक्षकहरू चुनावी प्रचारप्रसारमा हिँडेपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो ।
स्थानियका अनुसार विद्यालयमा ७ जना शिक्षक छन् । जसमा ५ जना शिक्षक चुनावी प्रचारमा हिँडेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अनुसार विद्यालयमा २÷३ जना शिक्षक मात्रै आउँछन् । सबै विषयको पढाई पनि हुँदैन ।
बझाङका अधिकांश विद्यालयमा चुनाव नजिकिएसँगै शिक्षकहरू चुनावी प्रचारप्रसारमा हिँडेका छन् । जसले गर्दा विद्यालयको पठकपाठन अवरुद्ध भएको छ ।