Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अस्ट्रेलियाविरुद्धको पहिलो टी ट्वान्टी क्रिकेटमा भारतको जित 

अस्ट्रेलियाविरुद्धको पहिलो टी ट्वान्टी क्रिकेटमा भारतको जित 

एजेन्सी

२०, मंसिर २०७७
अस्ट्रेलियाविरुद्धको पहिलो टी ट्वान्टी क्रिकेटमा भारतको जित 
images

अस्ट्रेलियाविरुद्धको पहिलो टी ट्वान्टी क्रिकेटमा भारत विजयी भएको छ। क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो।
भारतले दिएको १सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन जोड्दा म्याथ्यु सर्टले ३४ रन बनाउनुभएको थियो। 
यस्तै मोइसेस हेन्रिक्सले ३० तथा स्टिभ स्मिथले १२ रन बनाउनुभयो। म्याथ्यु वेडले ७ रन बनाउँदा ग्लेन म्याक्स्वेल २ रनमा आउट हुनुभयो। सिन एब्बट र मिचेल स्विपसन समान १२÷१२ रनमा अविजित रहनुभयो। भारतका युजभेन्द्र चाहल र टी नटराजनले ३÷३ विकेट लिनुभयो। 
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो। भारतका लागि केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो। उहाँले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्नुभयो।
यस्तै रविन्द्र जडेजाले अविजित रहदै ४४ रन जोड्दा दिपक चाहर सुन्य रनमा अविजित रहनुभयो। त्यस्तै सन्जु सामसनले २३ रन तथा हार्दिक पाण्डयले १६ रन बनाउनुभयो। कप्तान विराट कोहली ९ रनमा आउट हुँदा वासिङ्गटन सुन्दरले ७, शिखर धवनले १ र मनिस पाण्डेले २ रन बनाउनुभयो। 
जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेल आइतबार भोली हुनेछ।

images
images

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - ०९:३३:०३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology