Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीद्वारा लिखित पुस्तक ‘लमजुङ र पृथ्वीसुब्बा’ प्रति गुरुङ समुदायको विरोध

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीद्वारा लिखित पुस्तक ‘लमजुङ र पृथ्वीसुब्बा’ प्रति गुरुङ समुदायको विरोध

तमु ह्युल छोंज धीं लगायत गुरुङ संघसंस्थाद्वारा उक्त पुस्तक जफत गरि कुलपति बिखर्चीलाई कारवाही गर्न माग

इच्छाकामना न्युज

१६, चैत्र २०७८
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीद्वारा लिखित पुस्तक ‘लमजुङ र पृथ्वीसुब्बा’ प्रति गुरुङ समुदायको विरोध
images

पोखरा, १६ चैत । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति, साहित्यकार सुर्य खड्का बिखर्चीद्वारा लिखित पुस्तक ‘लमजुङ र पृथ्वीसुब्बा’ मा गुरुङ समुदायको मान मर्दनमा आघात पुग्ने शब्द प्रयोग भएको प्रति गुरुङ समुदायले विरोध गरेको छ। केहि समय अघि प्रकाशन भै बजारमा आएको बिखर्चीको पुस्तकमा पृथ्वी सुब्बा गुरुङको बारेमा लेखिएको लेखमा ‘गुरुङ जातिहरुका मध्य उच्च स्तरको चार जात र निम्न स्तरको सोह्र जात भनेर चिनिन्छ, यीनी चार जाते हुन’ भनी उल्लेख गरिएको छ। सोहि बुदाँ प्रति गुरुङ समुदायले आपत्ति जनाएको हो।

images
images

उक्त कुराले गुरुङ समुदायमा आघात पुर्‍याउने काम भएको भन्दै तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, गुरुङ साहित्यीक मञ्चले आज छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो। साथै आजै पोखरामा क्रियासिल ७ वटा गुरुङ संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ। विज्ञप्तीमा बजारमा वितरण भएको पुस्तक तत्काल फिर्ता ल्याई नष्ट गरी, कुलपति बिखर्चीलाई कानुनी कारवाही गर्न माग गरिएको छ।

हेर्नुस् तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्द्वारा जारी विज्ञप्ती

277335069_503716794713272_758032648460029859_n.jpg

हेर्नुस् गुरुङ साहित्यिक मञ्चद्वारा जारी प्रेस विज्ञप्ती

276287433_2768615109950311_8077186940484353731_n.jpg

हेर्नुस् विभिन्न ७ तमू संघसंस्थाहरुद्वारा जारी प्रेस विज्ञप्ती

ggg.jpg

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - २१:३५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology