Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा बसले मोटरसाईकललाई ठक्कर दिदा श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाइते

चितवनमा बसले मोटरसाईकललाई ठक्कर दिदा श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाइते

images

इच्छाकामना न्युज

१६, चैत्र २०७८
चितवनमा बसले मोटरसाईकललाई ठक्कर दिदा श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाइते
images

चितवन, १६ चैत । पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भिर घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको नारायणी यातायातको बसले पश्चिमबाट पूर्व तर्फ जादै गरेको बागमती प्रदेश ००२ प १८९५ नम्बरको मोटरसाइकललाई आज साँझ पौने ५ बजे ठक्कर दिएको हो ।

बसको ठक्कर बाट घाइते भएका मोटरसाइकल चालक रत्ननगर २ बस्ने ४५ बर्षिय निरन्जन श्रेष्ठको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ४० बर्षिय निनतारा श्रेष्ठ गम्भिर घाइते भएकी छन् । उनको उपचार भइरहेको छ ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - १९:४०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology