Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यसवर्षको ‘गौरी गुरुङ लेखनवृत्ति पुरस्कार’ आख्यानकार तीर्थ गुरुङलाई प्रदान गरिने

यसवर्षको ‘गौरी गुरुङ लेखनवृत्ति पुरस्कार’ आख्यानकार तीर्थ गुरुङलाई प्रदान गरिने

images

इच्छाकामना न्युज

१६, चैत्र २०७८
यसवर्षको ‘गौरी गुरुङ लेखनवृत्ति पुरस्कार’ आख्यानकार तीर्थ गुरुङलाई प्रदान गरिने
images
पोखरा, १६ चैत ।  यसवर्षको ‘गौरी तमू लेखनवृत्ति पुरस्कार २०७८’ आख्यानकार तीर्थ गुरुङलाई प्रदान गरिने भएको छ ।
कास्कीको मादी गाउँपालिका १, सिक्लेस घर भएका गुरुङलाई मञ्चको ५ औं स्थापना दिवसको दिन चैत २१ गते पोखरामा आयोजना गरिने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने भएको हो ।
 
पुरस्कारको राशी ३५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस पुरस्कारका लागि मञ्चका अध्यक्ष गौरी तमूले ४ वर्ष अगाडि ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो। साहित्य लेखनमा लागेका गुरुङ स्रष्टाहरुलाई प्रदान गर्नेगरी स्थापना गरिएको यो पुरस्कार गुरुङ समुदायकै पहिलो साहित्यिक पुरस्कार हो ।
 
यस पुरस्कारबाट गुरुङ समुदायको प्रतिनिधित्व गर्दै गुरुङ तथा नेपाली साहित्यमा योगदान पुर्याउने व्यक्तिलाई हरेक २÷२ वर्षमा पुरस्कृत गरिने मञ्चले जनाएको छ ।
 
गौरी तमूले २०७४ सालमा मुक्तक विधामा नेपालकै पहिलो गुरुङ ( नेपाली भाषाको द्विभाषिक मुक्तक सङ्ग्रह ‘समैं दर्बानी’ प्रकाशित गर्नुभएको थियोे । उक्त मुक्तक सङ्ग्रह बिक्रीबाट प्राप्त रकम र कृतिलाई विभिन्न संघसंस्थाबाट प्रदान गरिएको प्राप्त सम्मान तथा नगदबाट उहाँले ‘गौरी तमू लेखनवृत्ति पुरस्कार’ को अक्षयकोष स्थापना गर्नुभएको हो ।
 
अध्यक्ष तमूले आफ्नो नाम वा प्रचारप्रसार होला भनेर नभई उक्त समयमा गुरुङ समुदायका स्रष्टालाई प्रोत्साहन दिने खालका कुनै पनि पुरस्कारहरु स्थापना नभएको अवस्थामा गुरुङ कवि,लेखकलाई थप प्रोत्साहन होस् भनी अक्षयकोष स्थापना गरिएको बताउनुभयो । उक्त पुरस्कारबाट २ वर्ष अघि कवि छम गुरुङ पुरस्कृत भइसक्नुभएको छ ।
 
गुरुङ समुदायको प्रतिनिधित्व गर्दै मूलधारको साहित्य लेखनमा सक्रिय तीर्थ गुरुङको ‘पाठशाला’ उपन्यास मदन पुरस्कारमा मनोनित भएको थियो । मदन पुरस्कारका लागि छनौटमा पर्नुभएका उहाँ गुरुङ समुदायकै पहिलो लेखक हुनुहुन्छ । उहाँको पछिल्लो समय ‘आपा क्हार्पा’ नामक कथा संग्रह प्रकाशित छ । गतबर्ष प्रकाशित ‘आपा क्हार्पा’ मूल धारको साहित्यतर्फ गुरुङ जातिको संस्कृतिलाई समेटेर लेखिएको पहिलो आख्यान हो छ ।
 
पुरस्कृत व्यक्ति छनौटका लागि मञ्चका सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्वमा सदस्यहरु सल्लाहकार भीम गुरुङ, शान्ति गुरुङ, पदेन सदस्य (मञ्चका अध्यक्ष) गौरी तमू, सदस्य सचिव रोशनी गुरुङ (मञ्चका महासचिव) रहेको ५ सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो । समितिको बैठकले आख्यानकार तीर्थ गुरुङलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
 
चैत २१ गते स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङबाट पुरस्कार प्रदान गरिनेछ ।साथै बिहान ११ बजे गुरुङ चलचित्रमा मौलिकता शीर्षकमा पहिलो चरणको औपचारिक कार्यक्रमको आयोजना हुनेछ । दोस्रो चरणमा गुरुङ साहित्य र पहिचान विषयमा अन्तरक्रिया हुने छ । कार्यक्रम होटल टास्क इन्टरनेश्नल, लेकाली चुल्हो घरमा हुनेछ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ०७:३३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology