Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन चितवनको आग्रह

चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन चितवनको आग्रह

images

इच्छाकामना न्युज

१५, चैत्र २०७८
चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन चितवनको आग्रह
images

चितवन, १५ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह गरेको छ । आज (मंगलबार) सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजतप्राप्त हातहतियारहरु २०७८ चैत मसान्तसम्म बुझाउन आग्रह गरेको हो । जिल्लाभित्र रहेका हातहतियारहरु नजिकको प्रहरी इकाइमा बुझाउन हातहतियार धनीलाई अनुरोध गर्ने चैत १० गते केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको थियो ।

मंगलबार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार इजाजतप्राप्त हातहतियारहरु निर्वाचनपश्चात फिर्ता हुनेगरी चैत मसान्तभित्र नजिकको प्रहरी इकाइमा बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

चितवनमा १४१ इजाजत प्राप्त हातहतियारमध्ये २७ वटाको नविकरण भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका नायव सुब्बा विश्वास श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा २७ वटाको नविकरण भएको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा व्यक्ति तथा संस्थागत गरी ४८ जनाले नविकरण गरेका थिए । हतियार नविकरणको अवधि दुई वर्ष रहेको छ । प्राय नविकरणको लागि आउने हातहतियार २२ बोरको रहेको नासु श्रेष्ठले बताउनुभयो ।

notice.webp

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - २१:५०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology