Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माडीको कुसुमखोलामा निकुञ्जले चेपाङको घर जलाएको घटना अमानवीय र निन्दनीय : एमाले चितवन

माडीको कुसुमखोलामा निकुञ्जले चेपाङको घर जलाएको घटना अमानवीय र निन्दनीय : एमाले चितवन

images

इच्छाकामना न्युज

१४, चैत्र २०७८
माडीको कुसुमखोलामा निकुञ्जले चेपाङको घर जलाएको घटना अमानवीय र निन्दनीय : एमाले चितवन
images

भरतपुर, १४ चैत । नेकपा एमाले चितवनले माडी नगरपालिका–९ कुसुमखोलाको सुकुमबासी बस्तीमा भएको आगजनी अमानवीय घटना भन्दै भत्र्सना गरेको छ ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुसुमखोलाका १७ घरमा निकुञ्ज प्रशासनले चैत १३ गते आगो लगाई सुकुमबासीको घर नष्ट गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आज प्रेषित विज्ञप्तिमा अदालतको आदेशमा बनेको परमादेशी सरकारले निर्देशनमा सो क्षेत्रमा बर्षाेदेखि बसोबास बस्दै आएका सुकुमबासीको घरमा मानिस नभएको अवस्थामा अन्नपात तथा लत्ताकपडासमेत झिक्न नपाई नष्ट गरेको घटनाको विरोध गर्दै निन्दनीय र भत्सर्नायोग्य रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकले पाउने आधारभूत आवश्यकता गास, बाँस र कपासको व्यवस्थालाई कुल्चँदै निकुञ्ज क्षेत्र खाली गराउने निहुँमा भूमिहिन र सुकुमबासीहरुको उचित स्थान पहिचान गरी व्यवस्थापन गर्नुपर्ने ठाउँमा एक्कासी गरिएको यसखालको अमानवीय कार्यको नेकपा एमाले चितवन घोर भत्सर्ना गर्छ । आगजनीबाट नष्ट भएका अन्नपात र लत्ताकपडाको उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न जोडदार माग गर्दछ ।’

UML-Chitwan-2.webp

 

 

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - १९:०७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology