Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पुर्व वनमन्त्री शंकर भण्डारीद्वारा देवघाटका स्वर्गीय वडाध्यक्ष कृतिमान आलेको परिवारलाई ५० हजार सहयोग

पुर्व वनमन्त्री शंकर भण्डारीद्वारा देवघाटका स्वर्गीय वडाध्यक्ष कृतिमान आलेको परिवारलाई ५० हजार सहयोग

आशिक राना

१४, चैत्र २०७८
पुर्व वनमन्त्री शंकर भण्डारीद्वारा देवघाटका स्वर्गीय वडाध्यक्ष कृतिमान आलेको परिवारलाई ५० हजार सहयोग

देवघाट, १४ चैत । तनहुँ देवघाटका स्वर्गीय वडाध्यक्ष कृतिमान आले मगरको परिवारलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीले आर्थिक सहयोग गरेको छ। देवघाटमा आज एक कार्यक्रमको आयोजना गरि पूर्व वनमन्त्री भण्डारीले स्वर्गीय वडाध्यक्ष आलेको छोरा युवराज आलेलाई नगद ५० हजार सहयोग गरेको हो।

images

सो कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य  एवम् पुर्व वनमन्त्री शंकर भण्डारीले दुर्घटनामा परि भएको असामहिक निधनले परिवारजनमा परेको पिडालाई केहि हदसम्म भए पनि राहत होस् भन्ने हेतुले आफुले सहयोग गरेको बताउदै परिवारको हरेक सुखदुःखमा साथ र सहयोग निरन्तर आफ्नो तर्फबाट रहने बताउए।

कार्यक्रममा नेपाली काङ्ग्रेस देवघाटका युवा नेता अर्जुन अधिकारी, नेपाली काङ्ग्रेस देवघाट ५ का  पुर्व सभापति पुर्ण बहादुर कुवँर, देवघाट २ वडा सदस्य छविजंग सिं ठकुरी, नेपाली काङ्ग्रेस देवघाट १ का क्रियाशिल सदस्य संगिता थापा, नेपाली काङ्ग्रेस देवघाट ४ का क्रियाशिल सदस्य मित्रलाल गुरुङ लगाएतको उपस्थिति रहेको थियो।

स्वर्गीय आले स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट उम्मेद्वार बनि देवघाट ३ को वडाध्यक्षमा निर्वाचित भएको थियो। उनको भिरबाट लडेर मृत्यु भएको थियो।

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - १८:३५:३८ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology