Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामना ७ स्थित भालुमारे झुल खानेपानी आयोजना हस्तान्तरण

इच्छाकामना ७ स्थित भालुमारे झुल खानेपानी आयोजना हस्तान्तरण

images

इच्छाकामना न्युज

१४, चैत्र २०७८
इच्छाकामना ७ स्थित भालुमारे झुल खानेपानी आयोजना हस्तान्तरण
images

भालुमारा, १४ चैत ।  चितवनको इच्छाकामना ७ मा निर्माण सम्पन्न भएको भालुमारे झुल खानेपानी तथा सरसफाई आयोजनाको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार वागमती प्रदेश खानेपानी तथा सिचाई मन्त्री बसन्त प्रसाद मानन्धरको प्रमुख आतिथ्य तथा श्रमरोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको विशिष्ट तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

प्रदेश सरकार र स्थानीयको श्रमदान गरि ४ करोड ४१ लख २१ हजारको लागतमा आयोजना सम्पन्न भएको हो । प्रदेश सकारको ३ करोड ६० लाख ७६ हजार ८२० र जनश्रमदान रु ५३ लाख ४४ हजार ३०७ रहेको उपभोक्ता समितका अध्यक्ष पदम मगरले जानकारी दिनुभयो ।

आयोजना अन्तरगत २ वटा इन्टेक, पानी पोखरी आसीसी १ लाख लिटरको १ वटा र ५० हजार लिटरको २ वटा, प्रसारण पाइप लाईन,१५.८१ किमी, वितरण पाइपलाईन ७.०२ किमी व्यक्तिगत धरार जडान ३३६, भल्व च्याम्बर १४ वटा, एयर भल्व च्याम्बर १, कार्यालय भवन १ वटा रहेका छन् ।

साथै उपभोक्ता समितिको तालिम २ पटक र सरसफाई अभिमुखीरकण कार्यक्रम ५ पटक रहेको अध्यक्ष मगरले जानकारी दिनुभयो । यस आयोजनाबाट ५६५ घरका ३ हजार ३९० जना जनसंख्या लाभान्वित भएका छन् ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिकामा एक घर एक धारा अभिायनलाई तीब्र पारिएको बताउनुभयो । उहाँले प्रदेश केन्द्र र विभिन्न संघसंस्थाको सहकार्यमा मुहानदेखी मुख सम्म भन्ने नाराका साथ एक घर एक धारा अभियान सञ्चालन गरिएको बताउनुभयो ।

 

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - ११:१०:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology