Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र हारिने खतरा छः अध्यक्ष प्रचण्ड

अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र हारिने खतरा छः अध्यक्ष प्रचण्ड

इच्छाकामना न्युज

१२, चैत्र २०७८
अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र हारिने खतरा छः अध्यक्ष प्रचण्ड

गोरखा, १२ चैत  । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र नै हार्ने खतरा रहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको नबनिर्मित प्रशासकिय भवनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता बिरोधीहरु माओवादीलाई सिध्याउन लागी परेको बताए ।

images

गणतन्त्र बिरोधीहरु जनताका समावेशी अधिकार, समानुपातिक अधिकार खोस्न अझै उद्दत रहेको उनको भनाई थियो । प्रचण्डले भने, ‘परिवर्तनका लागी अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र सम्बृद्धिको बाटो खुल्नेछ ।’

पटक–पटक संविधान र गणतन्त्र हरण गर्न प्रयास गर्नेहरुबाट सचेत हुनुपर्ने उनको भनाई थियो । प्रचण्डले माओबादी केन्द्र एक महिना मात्र जागे देश फेरि माओवादीमय हुने भन्दै निर्वाचनको तयारीमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने, गाउँगाउँमा सिंहदरबार हुनुहुँदैन भन्नेहरुका बिरुद्ध हामी लड्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले संघियता,गणतन्त्र लगायतका प्राप्त उपलब्धी माओवादीले जन्माएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादीकै भएको धारणा राखे।

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - २२:३१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology