पोखरा, १२ चैत । गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान)को अध्यक्षमा गुञ्जबहादुर गुरुङ निर्वाचित भएको छ। जिफानको आज सम्पन्न सातौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा गुञ्जबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएको हो।
अधिवेशनले जिफानको प्रथम उपाध्यक्षमा सन्तोष कोन्मे गुरुङ, द्धितिय उपाध्यक्षमा प्रेमबहादुर गुरुङ, महासचिवमा तोलबहादुर (लब्सन) गुरुङ, सचिवमा रमेश गुरुङ, कोषाध्यक्षमा अर्जुन गुरुङ निर्वाचित भएका छन्।
यस्तै संघ संस्था समन्वय विभाग प्रमुखमा कुबिना गुरुङ, निर्माता निर्देशक विभाग प्रमुखमा आइतराम गुरुङ, भाषा सँस्कृति विभाग प्रमुखमा खुसबहादुर गुरुङ, गीत संगीत विभाग प्रमुखमा बिबेक गुरुङ, प्रचार विभाग प्रमुखमा पवित्रा गुरुङ, महिला विभाग प्रमुखमा प्रिति गुरुङ, सदस्यहरुमा पुनम गुरुङ, काशीमाया गुरुङ, राजकुमार गुरुङ, टेकमान गुरुङ, विष्णुप्रसाद गुरुङ, तोलप्रसाद गुरुङ, ओमप्रकाश गुरुङ र महेन्द्र गुरुङ निर्वाचित भएका छन्।