Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मगर विद्यार्थी संघ चितवनद्वारा जनप्रिय मावि काउलेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

मगर विद्यार्थी संघ चितवनद्वारा जनप्रिय मावि काउलेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

images

इच्छाकामना न्युज

१२, चैत्र २०७८
मगर विद्यार्थी संघ चितवनद्वारा जनप्रिय मावि काउलेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 
images

काउले, १२ चैत । नेपाल मगर विद्यार्थी संघ चितवनले इच्छाकामना गाउँपालिकाको वडा नं. २ काउलेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार काउलेस्थित जनप्रिय माध्यमिक विद्यालय पुगेर ९ जना छात्रासहित २३ जना विद्यार्थीलाई प्रतिविद्यार्थी दुई दर्जन कापी र एक पोका कलमसहित झोला वितरण गरिएको कार्यक्रम संयोजक निर्मल थापामगरले जानकारी दिए । 

नेपाल मगर विधार्थी संघलाई बिस्तार गर्न आफु विभिन्न स्कुल कलेज गईरहदा जेहेन्दार विधार्थी हरु आर्थिक अभाव का कारण पढ़ाई बाँट बन्चित भएको देखे पछि  संघले २०७५ सालमा अक्षय कोष स्थापना गरेको हो । र आज सोही  स्थापना गरेको अक्षयकोषबाट विद्यार्थीलाई सहयोग गरिएको उनले बताए ।

शिक्षा क्षेत्रबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले शैक्षिक क्षेत्रमा काम गर्दै आएको संयोजक मगरले बताए । देउसी भैलो खेलि संकलन गरिएको रक़म मा केहि सहयोग संकलन गरि कुल तीन लाख रूपैयाँको अक्षयकोष स्थापना गरिएको मा भावी दिनमा अझ फराकिलो बनाउने लक्ष्यका साथ प्रयास गरिरहेको उनले बताए । अक्षयकोष स्थापना गरेपछि पहिलो पटक कार्यक्रम गर्न सफल भएको उनको भनाइ छ । 

277118333_3186475118275313_4292094066942777843_n.jpg

आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्यप्रति चिन्तित बन्दै शैक्षिक सामग्री सहयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरूङले आयोजकप्रति धन्यवाद दिए । विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर अधिकारीले हरेक सक्ने व्यक्ति या संस्था जोकसैले पनि नसक्नेलाई सहयोग गर्ने हो भने मानिसमा गरिबी भन्ने शब्द नै हटेर जाने बताए । शनिबार वितरण गरिएको शैक्षिक सामग्रीले विपन्न विद्यार्थीका अभिभावकलाई केही समयको लागि भए पनि राहत मिलेको उनको भनाइ छ । 

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य गंगा मगर, बागमती प्रदेशका सञ्चार सचिव मिलन थापामगर, चितवनका सचिव सजन मगर, नेपाल मगर बिधार्थी संघ चितवनका पूर्वअध्यक्ष ईश्वर रानामगर, दिल राना मगर ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश राना मगर लगायतको टोली सहभागी थिए ।

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - २१:३३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology