देवघाट, २० मंसिर । तनहुँको देवघाट गाउँपालिकाले गाउँपालिका अन्तरगत विभिन्न वडाहरुमा संचालन हुने योजनाहरु बारे वडामै पुगेर उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण र योजना सम्झौता गर्न थालेको छ। गाउँपालिकाले शुक्रबार मात्रै वडा नं. १ को वडा कार्यालयमा नै पुगेर गाउँपालिका अन्तरगत वडामा संचालन हुने योजनाहरु बारे उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम र योजना सम्झौता गरेको हो।

सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटाले कार्यक्रममा बोल्दै वडाका उपभोक्ताहरुलाई सहजताका लागि गाउँपालिकाले वडामै पुगी गाउँपालिका अन्तरगत वडामा संचालन हुने योजनाहरु बारे उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम र योजना सम्झौता गर्ने गरिएको बताउनुभयो। साथै उपस्थिति सम्पुर्ण उपभोक्ता समितिका पदाधिकारीहरुलाई समयमै योजनाको सम्झौता गरि समयमै गुणस्तरीय काम सम्पन्न गरि भुक्तानी लिन समेत अनुरोध गर्नुभएको थियोे।
कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर १ को कार्यालयमा चालु आर्थिक वर्ष ०७७/०७८ मा विनियोजित १२ वटा बिकास योजनाको सम्झौता भएको छ। जसमा आडबजे कुलो मर्मत, गोपिटार साना सिचाई योजना, च्वारखोला कुलो मर्मत योजना, झ्याडि खोला कुलो मर्मत योजना, बसेनिटार खहरे कुलो मर्मत योजना, बाघढुडे कुलो मर्मत योजना र गहते खानेपानी तथा सरसफाइ योजना लगाएको सम्झौता भएको देवघाट गाउँपालिकाका इन्जिनियर प्रमुख तिर्थराज ढुंगानाले जानकारी दिनुभएको थियो।

त्यस्तै गरि देवघाट गाउँपालिका अन्तरगतका अन्य वडाहरुमा संचालन हुने योजनाहरुको सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम भने वडा नम्बर २ मा २४ गते वडा नम्बर ३ मा २५ गते र वडा नम्बर ४ मा ३० गते संचालन हुनेछ।
कार्यक्रममा कार्यपालिका सदस्य चन्द्र प्रकाश बि.क. देवघाट गाउँपालिका १ नम्बर वडा सदस्य मान बहादुर गुरुङ र सुन्दर भुजेल, गाउँपालिकाका लेखा शाखा प्रमुख उमनाथ ढकाल, इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना, योजना शाखा प्रमुख रामप्रसाद सापकोटा वडा नम्बर १ का सचीव कुलराज पौडेल लगाएको उपस्थिति रहेकोे थियो भने वडा नम्बर १ का कार्यबाहक अध्यक्ष बगमाया गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।