Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मुग्लिनको त्रिवेणी वराह माविमा शिक्षा विरोधी हर्कत : कम्प्युटर इन्जिनियरिङको पठनपाठन ठप्प

मुग्लिनको त्रिवेणी वराह माविमा शिक्षा विरोधी हर्कत : कम्प्युटर इन्जिनियरिङको पठनपाठन ठप्प

अज्ञात समूहले विद्यालयको अर्थिङ प्रोटेक्सन सिस्टममा क्षति पुर्‍याईदिदा पठनपाठन ठप्प पार्नु परेको विद्यालयको भनाई

images

इच्छाकामना न्युज

१०, चैत्र २०७८
मुग्लिनको त्रिवेणी वराह माविमा शिक्षा विरोधी हर्कत : कम्प्युटर इन्जिनियरिङको पठनपाठन ठप्प
images

मुग्लिन, १० चैत । प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङको पढाई हुने जिल्लाकै एकमात्र सामुदायिक विद्यालय त्रिवेणी बराह माविमा कम्प्युटर इन्जिनियरिङको पठनपाठन ठप्प भएको छ। विद्यालयको सम्पूर्ण विद्युतीय कम्पोनेन्टहरुमा खरावी उत्पन्न भएको कारण इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेको त्रिवेणी बराह माविमा कम्प्युटर इन्जिनियरिङको पठनपाठन ठप्प भएको हो।

विद्यालयका सहायक प्रध्यानाध्यापक शंकर सिलवालले दिएको जानकारी अनुसार ल्त्ब्(ल्भउब ित्भभिअयmmगलष्अबतष्यल ब्गतजयचष्तथ) ले निर्माण गरिदिएको अर्थिङ प्रोटेक्सन सिस्टम अज्ञात समूहले उखेलेर नष्ट गरिदिएका कारण विद्यालयको सम्पूर्ण विद्युतीय कम्पोनेन्टहरुमा खरावी उत्पन्न भएकोले विद्यालयले कम्प्युटर इन्जिनियरिङको पठनपाठन ठप्प गर्नुपरेको हो। शिक्षा विरोधी हर्कत गर्नेले यो गलत काम गरेको उनले बताए। 

तत्काल पठनपाठन र प्रयोगात्मक कार्यक्रम स्थगित गर्नु पर्ने दुखद परिस्थिती सिर्जना भएको भएपनि छिट्टै मर्मत गरि कक्षा सञ्चालनमा ल्याईने उनले बताए। यस्तै उक्त कार्य गर्ने दोषी पत्ता लगाई कारबाही गर्नका लागि सम्बन्धित निकायसँग छलफल चलिरहेको पनि विद्यालयका सहायक प्रध्यानाध्यापक सिलवालले बताए।.

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - २१:५६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology