Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगरमा होर्डिङ बोर्डको करः सेन्ट्रल कलेजको कार्यालयभित्र पसेरै च्यातियो फ्लेक्स

भरतपुर महानगरमा होर्डिङ बोर्डको करः सेन्ट्रल कलेजको कार्यालयभित्र पसेरै च्यातियो फ्लेक्स

इच्छाकामना न्युज

१०, चैत्र २०७८
भरतपुर महानगरमा होर्डिङ बोर्डको करः सेन्ट्रल कलेजको कार्यालयभित्र पसेरै च्यातियो फ्लेक्स

चितवन, १० चैत । भरतपुर महानगरपालिकाको बजारी क्षेत्रमा होर्डिङ बोर्डको कर आतंक बढेको भन्दै व्यवसायीले विरोध गरेका छन् । भरतपुर महानगरपालिकाले ठेक्कामार्फत् घरघरमा राखिएको बोर्डको पैसा लिन थालेपछि व्यवसायीले विरोध गरेका हुन् । उनीहरुले भरतपुर महानगरपालिकामा डेलिगेसन गएर यसबारे ध्यानाकर्षण गराएका छन् ।

images

भरतपुर महानगरपालिकाले प्रनिस कन्सट्रक्सनलाई तीन आर्थिक वर्षमा एक करोड ७५ लाख रुपैयाँ बुझाउने गरी महानगरपालिकासँग कर उठाउने ठेक्का दिएको हो । गत फागुन चार गते ठेक्का पाएसँगै सो कम्पनीका कर्मचारीहरु आक्रामक ढंगले कर उठाउने कार्यमा सक्रिय भएको नारायणगढका व्यवसायीको आरोप छ । कन्सट्रक्सन कम्पनीका युवाहरु हुल बाँधेर व्यवसायीलाई गाली गर्दै विज्ञापन कर दिन आउने गरेको नारायणगढका एक व्यवसायीले बताए ।

बुधबार मात्रै नारायणगढको सेन्ट्रल कलेजमा पुगेका कम्पनीका प्रतिनिधिहरुले होर्डिङ बोर्डको कर नदिएको भन्दै कार्यालयभित्र रहेको फ्लेक्स च्यातिदिएका छन् । उनीहरुले सेन्ट्रल कलेजका प्रोपाइटर यज्ञविलास पौडेल(वाईबी) सँग करबारे कुराकानी नमिलेपछि कार्यालयभित्रको फ्लेक्स च्यातेका छन् । पौडेलले भने, ‘ उनीहरुले लाखौं कर असुल गर्न पसेका थिए तर बाहिर निस्किँदा बोर्ड च्यातेर गए । उनले आफूले नियमित रुपमा महानगरपालिकाको कर तिरेको तर यस्तो शैली अहिलेसम्म थाहा नपाएको बताए ।

yb.webp

म पुराना बोर्डहरु र वाल पेन्टिङहरुलाई निरन्तरता दिने पक्षमा छैन । पुराना बोर्डहरु हटाएर नयाँ आकर्षक बोर्डहरु राख्ने पक्षमा छु ।’ पौडेलले आज भरतपुर महानगरपालिकामा गएर कर उठाउन कार्यालयमा मच्चाइएको आतंकको विरुद्ध उजुरी दिएका छन् । उनले कोरोनाको कारणले व्यापार व्यवसाय बन्द रहेको बेलाको कर तिर्न बाँकी रहेको र आफूले नियमअनुसार कर छुटको बिल दिनु भन्दाभन्दै कलेजको बद्नाम हुने गरी बोर्ड च्यातेको महानगरमा दिइएको लिखित उजुरीमा उल्लेख छ ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरिञ्जीवी सुवेदीले कार्यालय भित्र गएर फ्लेक्स च्यातिएको घटना ज्याजतीपूर्ण भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘२० स्क्वाएर फुटको पहिचान र व्यापारिक प्रतिष्ठासँग जोडिएको होर्डिङ बोर्डको पैसा नलिने महानगरपालिकासँग सहमति भएको छ ।’ भरतपुर महानगरपालिकाका कर अधिकृत जयराम भण्डारीले भरतपुरमा होर्डिङ बोर्डको कर संकलनमा समस्या देखिएको बताए । उनले भने ‘महानगरको सौन्दर्यको हिसाबले सबै बोर्डमा एकरुपता आयोस् भन्ने पक्षमा महानगरपालिका छ । अन्य महानगरको भन्दा कम शूल्क हामीले भरतपुरमा लिइरहेका छौं । ’

त्यसैगरी प्रनिस कन्सट्रक्सनका पदम अधिकारीले सेन्ट्रल कलेजको विज्ञापन कार्यालय भित्रको नभई बाहिरको च्यातेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ हामीले नारायणगढका सानासाना पसल र कन्सलटेन्सीको कर उठाएका छैनौं । महानगरपालिकासँगको सम्झौंता र दररेट अनुसार नै उठाइरहेका छौं ।’ उनले शैक्षिक कन्सल्टेन्सीहरुले बोर्ड राख्दा मनपरी गरेको दाबी गरे ।

महानगरपालिकाको दररेटमा व्यवसायको पहिचान झल्कने २० स्क्वायर फुटसम्मको छुट दिइएको छ भने डिजिटल डिस्प्लेमा प्रतिवर्गफुट ८०० वार्षिकको दरमा कर उठाइएको छ । बोर्डको प्रकार र आकार हेरेर प्रति वर्गफुट १५०, ३५० र ८०० सम्म विज्ञापन बोर्डको दर रेट तोकिएको छ । नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - १७:५९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology