Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत 

अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत 

images

एजेन्सी

४, चैत्र २०७८
अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत 
images

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत गरेको छ । यो प्रस्तावसँगै त्यहाँ राष्ट्रसङ्घको मिसनमा निरन्तरताकोे बाटो खुलेको बीबीसीले जनाएको छ ।

मिसनले त्यहाँको मानवीय, राजनीतिक तथा मानव अधिकारको क्षेत्रमा सहयोग गर्ने खबरमा उल्लेख छ । उक्त प्रस्तावको पक्षमा १४ देशले मत दिएका थिए भने रुस अनुपस्थित थियो ।

पत्रकार, महिला तथा बालबालिकाको सुरक्षा पनि यसमा समावेश छ । यसअघि गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङघले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको थियो ।

तालिबानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।

images
प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - ०९:१९:२४ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology