नुवाकोट, ४ चैत । हिमाली जिल्ला रसुवा स्थित उत्तरी भेगका तामाङ समुदायले तीर हान्ने पर्व मनाएका छन् । गोसाँईकुण्ड गाँउपालिका ३ लिङलिङवासीले आफ्नो भेषभुषा सहित भेला भई तीर हानेका थिए ।
पर्व लोप हुनबाट जोगाउन युवाहरूको सक्रियतामा नाचगान गर्दै गाँउमा प्रकृतिक प्रकोप, रोग ब्याधी र अनिकाल नपरोस भन्ने कामना गर्दै पुजाआजा गरि पर्व मनाएको स्थानीयवासी कैसाङ तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बृद्घिम, टिमुरे, लाङटाङलगायतका स्थानमा तीर हान्ने पर्व मनाउँदै आएको छ ।
तीर हान्ने प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय भएकालाई पुरस्कृत समेत गरिएको छ ।