भरतपुर, ३ चैत । थारु पत्रकार संघ चितवनका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । नारायणगढमा आज पद हस्तान्तरण कार्यक्रमको आयोजना गरि ११ सदस्यीय कार्यसमितिले पदभार ग्रहण गरेका हुन्। निवर्तमान अध्यक्ष सुमित्रा महतोले नवनिर्वाचित अध्यक्ष दीपेश चौधरीलाई पद हस्तान्तरण गरे।
संघको उपाध्यक्षमा सञ्जय चौधरी, सचिवमा दीपेन्द्र चौधरी, सहसचिवमा सिसम महतो, कोषाध्यक्षमा राकेश चौधरी चयन भएको थियो । फागुन २८ गते भएको चौथो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको थियो । सदस्यहरुमा शिव महतो, अपेक्षा चौधरी, सविता महतो, प्रमिला महतो, विन्दा महतो र निरज महतो चयन भएका थिए।
नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय महासचिव सन्तकुमार चौधरीले प्रमाणपत्र प्रदान गरे । जिल्ला शाखाका संस्थापक अध्यक्ष कारी महतोले चितवनमा ३० बढी थारु समुदायका सञ्चारकर्मी क्रियाशिल रहेको बताए ।