याकराङ, ३ चैत । नेकपा एमालेले इच्छाकामना गाउँपालिकाको वडा नं. ६ को याकराङ र चनौटे गाउँमा टोल कमिटि विस्तार गरेको छ। आज होलीको दिन एमालेले एक कार्यक्रमको आयोजना गरि उक्त गाउँमा टोल कमिटि विस्तार गरेको हो।
याकराङ गाउँमा सुर्य बहादुर गुरुङको संयोजकत्वमा २५ सदस्यीय टोल कमिटि गठन गरेको छ भने चनौटेमा देव गुरुङको अध्यक्षतामा २५ सदस्यीय नेकपा एमाले टोल कमिटि गठन गरेको छ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य एवं इच्छाकामना इन्चार्ज दान बहादुर गुरुङ, एमाले इच्छाकामना ६ का वडाकमिटि अध्यक्ष एवं इच्छाकामना ६ का वडाध्यक्ष भुपेन्द्र चेपाङ लगायतको सहभागिता रहेको थियो।