Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माओवादी केन्द्र चितवनको इन्चार्जमा रेनु दाहाल र संयोजकमा रामचन्द्र अधिकारीलाई जिम्मेवारी

माओवादी केन्द्र चितवनको इन्चार्जमा रेनु दाहाल र संयोजकमा रामचन्द्र अधिकारीलाई जिम्मेवारी

इच्छाकामना न्युज

३, चैत्र २०७८
माओवादी केन्द्र चितवनको इन्चार्जमा रेनु दाहाल र संयोजकमा रामचन्द्र अधिकारीलाई जिम्मेवारी
images

चितवन, ३ चैत । सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेनु दाहाल र माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन् ।

images
images

माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले दाहाल र अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

भरतपुर नगरपालिकाकी मेयरसमेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।

चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्वविद्यार्थी नेता हुन् । उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए । यसअघि उनी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए । माओवादीका नेता तथा कार्यकर्ताले रेनु दाहाललाई फेरि भरतपुर महानगरको मेयरमा उठ्नुपर्ने माग गरिरहेका छन् ।

 

 

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - १९:०५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology