Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको बेनिघाट रोराङमा माओवादी केन्द्रबाट निर्वाचित वडासदस्य काँग्रेसमा प्रवेश

धादिङको बेनिघाट रोराङमा माओवादी केन्द्रबाट निर्वाचित वडासदस्य काँग्रेसमा प्रवेश

इच्छाकामना न्युज

२, चैत्र २०७८
धादिङको बेनिघाट रोराङमा माओवादी केन्द्रबाट निर्वाचित वडासदस्य काँग्रेसमा प्रवेश
images

धादिङ, २ चैत । नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनीघाट रोराङ १० का वडा सदस्य विर बहादुर चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमकाबिच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

images
images

उनलाई प्रमुख अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुरेन्द्र चेपाङ लगायतले खदा र टिका लगाई पार्टीमा प्रवेश गराएका हुन् । उनलाई आजै पार्टी सदस्यता प्रदान समेत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश प्रतिनिधि तथा धादिङ क्षेत्र नम्बर १ ख का कार्यमिति सदस्य सन्तोष पौडेल, नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रम जिल्ला सह–सचिव क्रान्ती डल्लाकोटीले सञ्चालन गरेका थिए । कार्यक्रम नेपाली कांग्रेस बेनीघाट रोराङ १० का सभापति उत्तम घलेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

 

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - २३:०३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology