Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रचण्डको गृहजिल्ला चितवनमा राप्रपाको चुनावी कमाण्डर अभिनेत्री रेखा थापा

प्रचण्डको गृहजिल्ला चितवनमा राप्रपाको चुनावी कमाण्डर अभिनेत्री रेखा थापा

इच्छाकामना न्युज

२, चैत्र २०७८
प्रचण्डको गृहजिल्ला चितवनमा राप्रपाको चुनावी कमाण्डर अभिनेत्री रेखा थापा
images

चितवन, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको निर्वाचन तयारीका लागि देशभर केन्द्रीय प्रतिनिधि खटाएको छ। बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उम्मेदवार छनोट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

images
images

राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनको चुनावी कमाण्डर अभिनेत्री रेखा थापालाई तोकेको छ। केन्द्रीय सदस्यसमेत रहेकी थापाले चितवनको कमाण्ड सम्हाल्दै चुनावी प्रचारमा होमिने छिन्।

त्यसैगरी एमाले अध्यक्ष केपी ओली एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको जिम्मेवारी उपाध्यक्ष विक्रम पाण्डेलाई दिइएको छ। चितवनमा प्रचण्डलाई चुनौती दिने पाण्डेले ओलीको प्रभाव रहेको झापामा राप्रपाको पक्षमा माहोल सिर्जना गर्नेछन्।

प्रवक्ता ज्ञानेन्द्र शाही कालिकोटमा खटिनेछन्।

 

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - २२:१७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology