Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

होलीको पूर्वसन्ध्यामा चितवन प्रशासनको चेतावनी : उच्छृङ्खल गतिविधि र जबरजबस्ती रंग दले कारबाही

होलीको पूर्वसन्ध्यामा चितवन प्रशासनको चेतावनी : उच्छृङ्खल गतिविधि र जबरजबस्ती रंग दले कारबाही

images

इच्छाकामना न्युज

१, चैत्र २०७८
होलीको पूर्वसन्ध्यामा चितवन प्रशासनको चेतावनी : उच्छृङ्खल गतिविधि र जबरजबस्ती रंग दले कारबाही
images

चितवन, १ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले होलीको अवसरमा उछृङ्खल कार्य गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज एक सुचना जारी गर्दै होली पर्व मनाउने नाममा विभिन्न उछृङ्ंखल क्रियाकलाप गरि जबरजस्ती रंग दली सर्वसाधरणलाई दुःख दिने कार्य गरेमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

सुचनामा भनिएको छ, “फागु पुर्णिामा एंव रंगहरुको पर्व होली नजिकिदैँ गरेको सबैलाई बिदितै छ । विगत केही बर्ष यता आफ्नो रितिरिवाज तथा परम्परा विपरित होली पर्व मनाउने नाममा विभिन्न उच्छृङ्खल क्रियाकलाप गरि सर्वसाधरणलाई दुख दिने इच्छा बिपरित रंग दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने,बाटो अवरोध गरि सवारी साधनबाट रकम असुल्ने,मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरि अवाञ्छित उच्छृङ्खल एंव गैरकानुनी क्रियाकलाप गरि शान्ति सुरक्षा खलल पार्ने किसिमका गतिविधिहरु हुने गरेको पाइएकाले त्यास्ता कार्य नगर्न नगराउन हुन सम्बनिधत सबैमा सुचित गरिन्छ ।

समाजमा सुसंस्कार कायम गर्ने यस कार्यमा राजनितिक दल, नागरिक समाज , पेशागत संघसंस्थाहरु, सञ्चारकर्मीहरु र महिला सञ्जाल समेत सबैबाट प्रशासनले सहयोगको अपेक्षा राखेको छ ।

ऐन नियमको विपरित हुने गरि कोही कसैले अवाञ्छित एंव उच्छृङ्खल गतिविधि गरे गराएमा कानुन बमोजिमको कारबाही हुने ब्यहोरा समेत यसै सुचनाद्धारा जानकारी गराइन्छ । ”

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - २२:३५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology