Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

images

सिआईएन

१, चैत्र २०७८
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
images

काठमाण्डौ, १ चैत । आगामी स्थानीय तहको निर्वाचन कार्ययोजनाका बारेमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।केन्द्रीय कमिटी बैठकमा छलफलका विषय तय गर्ने बारेमा पनि आज दिउँसो ३ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकमा कुराकानी हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सीआईएनसँग बताउनुभयो ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ । स्थानीय तह निर्वाचनको कार्ययोजनालाई अन्तिम रूप दिन केही दिनभित्रैमा केन्द्रीय कमिटी बैठक बोलाउने तयारी पनि एमालेको छ ।

प्रचार विभाग उपप्रमुख रिजालले एमालेको सिङ्गो पङ्क्तिलाई निर्वाचन केन्द्रीत गराउन पोलिटब्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा कुराकानी भइरहेको बताउनुभयो । एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ। 

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - ०८:५५:३९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology