Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट क्षेत्र बिकास समितिको ५९ औं पुर्ण बैठक सम्पन्न, त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माण गर्ने  

देवघाट क्षेत्र बिकास समितिको ५९ औं पुर्ण बैठक सम्पन्न, त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माण गर्ने  

आशिक राना

३०, फाल्गुण २०७८
देवघाट क्षेत्र बिकास समितिको ५९ औं पुर्ण बैठक सम्पन्न, त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माण गर्ने  

देवघाट, ३० फागुन । धार्मिक पर्यटकिय स्थल देवघाटमा पर्यटकिय विकासको लागि तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माण गर्ने भएको छ। देवघाट क्षेत्र विकास समितिको आज बसेको पुर्ण बैठकले ३ जिल्ला जोड्ने गरि पुल निर्माण गर्न लागिएको बताएको हो।

images

275480981_695402498555075_6154536615746385839_n.jpg

देवघाटको कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा चितवन, तनहुँ र नवलपुर जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल निर्माण गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारि निर्देशक धिरण बाबू घिमिरेले बताए। त्रिकोणात्मक निकै आकर्षक ढंगबाट पुलको डिजाइन भइरहेकाले त्यसलाई नै हेर्नका लागि पनि यहाँ पर्यटक आउने क्षेत्र विकास समितिले विश्वास लिइएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूली माथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रुपमा पनि लिइएको छ । 

275725820_331497975614950_5313820872557503319_n.jpg

देवघाट क्षेत्र विकास समितिका निर्देशक घिमिरेले नवलपरासीतर्फ पुल तरेपछि मौलाकालिकासम्म जानका लागि मौलाकालिका–वेनि धार्मिक पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको बताए। वेनिबाट मौलाकालिका मन्दिरसम्म पुग्न ३ दशमलव ५ किलोमिटर पैदल यात्रा उकालो उक्लनुपर्ने हुन्छ । सो क्षेत्रमा ८० प्रतिशत काम भइसकेको छ भने बाँकी निर्माणको क्रममा छ । भने पर्यटकिय प्रचारको लागी वेनि सगंममा थृडी मेटल राखिएको छ। सामाजिक संजालमा राखिने फोटोले पनि पर्यटकिय प्रचार हुने हुदा थृडी मेटल राखिएको उनले बताए। 

आज बसेको बोर्ड बैठकमा गत आर्थिक वर्षको प्रगति, चालू आर्थिक वर्षको कार्य समिक्षा, आउदो आर्थिक वर्षको कार्ययोजना र वर्तमान समस्याहरुको छलफल भएको थियो।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - २२:०८:११ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology