Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्री देउवा र एमाले नेता रावलबीच जुहारीः दिमाग खुस्केको हो ?

प्रधानमन्त्री देउवा र एमाले नेता रावलबीच जुहारीः दिमाग खुस्केको हो ?

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
प्रधानमन्त्री देउवा र एमाले नेता रावलबीच जुहारीः दिमाग खुस्केको हो ?
images

काठमाडौं, ३० फागुन । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता भीम रावलबीच जुहारी चलेको छ । 

images
images

जुहारी यति उत्कर्षमा पुगेको छ की दुवैले एक अर्कालाई ‘दिमाग खुस्केको’ आरोप लगाएका छन् । 

एमसीसीलाई राष्ट्रघाती सम्झौता बताउँदै आएका रावलले यसअघि प्रधानमन्त्री देउवाले विदेशीको दबाब र इशारामा एमसीसी पास गरेको आरोप लगाउँदै आएका थिए

सोमबार किस्पाङ र तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गर्न नुवाकोट पुगेका देउवाले त्यहींबाट रावललाई जवाफ दिएका हुन् । 

‘भीम रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषद्बाट पारित भई संसदमा ल्याएको, अहिले विरोध गरेर दुईजिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको । त्यसबेला दिमाग खुस्केको थियो,’ प्रधानमन्त्री देउवा एमाले नेता रावल माथि खनिएका थिए । 

मिडियामा प्रधानमन्त्री देउवाको उक्त भनाई आउने वित्तिकै नेता रावलले सोमबार नै सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई जवाफ दिएका थिए । 

‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामनत्री थिएँ, प्रधानमन्त्री ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘अतः मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन । यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठ बोल्ने प्रधानमनत्रीको यात त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’

प्रधानमन्त्री देउवाले नुवाकोटामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसीका सम्बन्धमा ‘किन रावललाई मात्र टाउको दुख्छ ?’ भनि प्रश्न गरेका थिए । 

रावलले ट्वीटर मार्फत प्रधानमन्त्रीलाई उक्त प्रश्नको जवाफ फर्काएका छन्, ‘नेपालको संविधान, देश र जनतासामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो ।’ 

एमाले नेता रावलले एमसीसीको विषयमा थप छलफल गर्न प्रधानमन्त्री देउवाले चाहेमा आपूm तयार रहेको समेत बताएका छन् । उनले प्रधानमन्त्री भएर तुच्छ शब्दको प्रयोग नगर्न पनि चेतावनी दिएका छन् । उनले पदीय मर्यादा जोगाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - २१:४७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology