Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तेह्रौँ लियो कर्पोरेट सुपर सिक्सको उपाधि एनएमबीलाई

तेह्रौँ लियो कर्पोरेट सुपर सिक्सको उपाधि एनएमबीलाई

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
तेह्रौँ लियो कर्पोरेट सुपर सिक्सको उपाधि एनएमबीलाई
images

भैरहवा, २९ फागुन । प्राय: दिउँसोमा हुने क्रिकेट प्रतियोगितालाई फरकपन दिनका लागि लियो क्लबले गत वर्षबाट डेनाइट प्रतियोगिता आयोजना गर्न लागेको छ । 

images
images

भैरहवामा तेस्रो पटक भएको डे–नाइट क्रिकेट प्रतियोगिताको उपाधि एनएमबी बैंकले जितेको छ । ग्लोबल आइएमई बैंकलाई सुपर ओवरमा १४ रनले पराजित गर्दै एनएमबि बैंकले उपाधि जितेको हो ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको प्रतियोगितामा १२ बैंकको सहभागिता रहेको थियो । भैरहवा क्षेत्रमा पहिलो पटक २०५३ सालमा मेलवर्न क्रिकेट क्लब एमसीसीले यस प्रकृतिको प्रतियोगिता गरेको थियो,  गत वर्ष लियो क्लब अफ सिद्धार्थनगरले सुरुवात गरेको प्रतियोगिता यस वर्ष निरन्तरता पाएको हो । 

टस जितेर सुरुवाती व्याटिङ पाएको ग्लोबल आइएमई बैकले ५ ओभरमा ४ विकेटको क्षतिमा ६८ रन बनायो । ग्लोबलको लागि मनोज गैरेले सर्वाधिक ३१ रनको योगदान दिए । ग्लोबल आइएमई बैंकलाई ६८ रनमा रोक्ने क्रममा राम नरेश गुप्ता र ओमकार श्रेष्ठले समान १–१ विकेट लिए ।

जवाफि व्यटिङमा ६९ रनको लक्ष्य पछ्याउने क्रममा एनएमबि बैंकले सुरुवाती ३ ओवरमा मध्यम सुरुवात गर्यो पहिलो ओवरमा २० रन जोडेको एनएमबिले दोस्रो ओवरको दोस्रो बलमै अनुभवी खेलाडी रामनरेश गुप्ता लाई ६ रनको स्कोरमा गुमायो ।  तेस्रो ओवरमा अर्का ओपनर अर्जुन पाण्डे २० रनको स्कोरमा पवेलियनको बाटो लागे । अन्तिम ओवरमा २० रन आवश्यक रहेको एनएमबिका लागि ओमकार र विवेकले १९ रन बनाउदै खेल बराबरी मा पुराएका थिए ।

सुपर ओवरमा गएको खेलमा राम नरेश गुप्ताको तुफानि २२ रनको पारीमा एनएमबि बैंकले ग्लोबल आइएमई बैंकलाई २५ रनको लक्ष्य प्रस्तुत गर्यो । जवाफमा २५ रनको लक्ष्य लिएर मैदान उत्रिएको ग्लोबलले मात्र १० बनायो र प्रतियोगिता एनएमबि बैंकले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेल बराबरीमा पुगेपछि उपाधिका लागि दुबै टिमविच सुपर ओभर खेलाइएको थियो, सुपरओभरमा धेरै रन बनाउदै एनएमबीले जीत निकाल्यो ।  

प्रतियोगिता आईसीसी सुपर सिक्स टुर्नामेन्टको नियम अनुसार क्रिकेट एसोसिएसन अफ रुपन्देहीको प्रविधिक सहयोग र समन्वयमा लिग चरणमा भएको हो । पहिलो सेमिफाइनलमा सिटिजन र ग्लोबल विच भएकोमा ग्लोबल आइएमइे विजयी भई फाइनलमा पुगेको थियो भने दोस्रो सेमिफाइनल खेल सेन्चुरी र एनएमबी बिच भएकोमा एनएमबी विजयी भई ग्लोबलसँग फाइनल खेलेको प्रतियोगिताका संयोजक सन्देश केसीले बताए । विगत १२ वर्षदेखि हुदै आएको कर्पोरेट प्रतियोगिता यस क्षेत्रमा रहेको बैंक, कर्पोरेट हाउस र सामाजिक क्षेत्रमा क्रियाशील युवाबीचमा आपसी भाइचारा स्थापित गर्दै क्रिकेट प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुदै आएको संयोजक केसीले बताए ।

प्रतियोगिताको विजेता एनएमबी बैकले बीस हजार नगद, ट्रफी र प्रमाणपत्र उपविजेता ग्लोबल बैंकले दश हजार नगद सहित ट्रफी, प्रमाणपत्र पाएको छ । त्यस्तै म्यान अफ द सिरिज एनएमबीका अर्जुन पाण्डे, नगद रू पाच हजार ट्रफी सहित प्रमाण पत्र, अनुशासित टिमबाट नबिल बैक, बेष्ट ड्रेस अवार्ड कृषि विकास बैंक र पहिलो रजिष्ट्रेशन टिमबाट महालक्ष्मी विकास बैक पुरस्कृत भएको थियो । त्यस्तै उत्कृष्ट बलर एनएमबीका राम नरेश गुप्ता, उत्कृष्ट व्याट्समेन सिटिजनकन अन्तिम थापा, उत्कृष्ट फिल्डर ग्लोबलका चन्द्रिका केवट पुरस्कृत भए । 

प्रतियोगितामा नबिल बैंक, एनएमबी बैकं, ग्लोबल आइएमई बैक, महालक्ष्मी बैक,  कृषि विकास बैक, आइसिएफसी बैंक, सिटिजन बैंक, सेन्चुरी बैंक, बैंक अफ काठमाण्डौ, लक्ष्मी बैंक, सनिमा बैंक लगायतका १२ टिमको सहभागीता रहेको आयोजक लियो क्लब अफ सिद्धार्थनगरका सचिव आयुष अधिकारीले बताए । प्रतियोगिताको विजेताले बीस हजार, उपविजेताले  दश हजार र म्यान अफ द सिरिजले नगद रू पाच हजार सहित प्रमाण्पत्र, ट्रफी पाएका छन् । 

 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - २२:४४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology