Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

एनआरएनए चीनको सिचुवान क्षेत्रीय समिति गठन

एनआरएनए चीनको सिचुवान क्षेत्रीय समिति गठन

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
एनआरएनए चीनको सिचुवान क्षेत्रीय समिति गठन
images

काठमाडौं, २९ फागुन । गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रीय समिति गठन भएको छ। नयाँ समिति गठनसँगै गैरआवासीय नेपाली संघ चीनको क्षेत्राधिकार व्यापक हुनुका साथै यसलाई थप विस्तृत बनाएर चीनमा रहेका नेपालीलाई एकतावद्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

चीनमा कोरोना महामारीका बिरामीहरु पुनः बढ्न थालेपछि सतर्कता अपनाइएको कारणले भर्चुअलरुपमा आयोजना गरिएको कार्यक्रममा डा. बुद्धिप्रसाद शर्माको अध्यक्षतामा दश सदस्यीय गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रीय तर्दथ समिति गठन सर्वसम्मतिबाट गरिएको छ ।  

समितिमा उपाध्यक्षहरु डा. रोवोट घिमिरे र राजु सिलवाल, महासचिव डा. पर्वतराज रेग्मी, सचिव डा. बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा अर्जुन गिरी रहनुभएको छ भने सदस्यहरुमा डा. एलिजा पौड्याल, विकल्प बस्नेत, कमलकुमार कार्की र प्रकाश सुनार रहेका छन् ।  

275167283_3075465582676377_6648806282629596523_n.jpg.jpg

कार्यक्रममा धारणा राख्दै चीनमा रहेका नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूतहरु  दिनेशकुमार घिमिरे (छन्तु), हरिशरण पुडासैनी (क्वान्चौ) तथा नेपाली राजदूतावासका ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले एनआरएनए चीनको नयाँ क्षेत्रीय समिति गठनले एनआरएनए चीनलाई थप सघनरुपमा कार्य गर्न र चीनमा रहेका नेपालीहरुलाई एकतावद्ध गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यसकोलागि आफूहरुको तर्फबाट सहयोग रहने बचनवद्धता व्यक्त गरे ।  

यस्तै कार्यक्रममा एनआरएनए चीनका आईसीसी सदस्य नबिन विक एनआरएनए चीनका पूर्व अध्यक्ष सुदेश कुमार झा निवर्तमान अध्यक्ष प्रदिप न्यौपानेले नवगठित समितिका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै यस गठन प्रक्रियाले एनआरएनए चीनलाई थप व्यापक बनाउने आफूहरुको सपना पूरा भएको बताए । 

कार्यक्रममा धारणा राख्दै एनआरएनए चीन कार्यसमितिका उपाध्यक्ष विष्णुप्रसाद डुमरु, महासचिव यादव अर्याल तथा सचिव बिष्णुहरि भण्डारीले नया क्षेत्रीय समिति गठनसगैं थप नयाँ उत्साहकासाथ काम गर्ने वातावरण तयार भएको बताए । 

कार्यक्रमको अध्यक्षता गरेका एनआरएनए चीन कार्यसमितिका अध्यक्ष रोहित अग्रवालले आजको दिन एनआरएनए चीनको लागि ऐतिहासिक क्षण रहेको भन्दै अब नयाँ ढगंबाट नेपाल र नेपालीकालागि थप प्रतिवद्ध भएर काम गर्ने वातवरण तयार भएको धारणा राखे । 

यस्तैगरि नवगठित समितिकातर्फवाट अध्यक्ष शर्माले धारणा राख्दै नयाँ समितिको गठन अत्यन्त महत्वपूर्ण रहेको र यसले एनआरएनए चीनलाई थप सशक्त, प्रभावकारी र व्यापक बनाउन सहयोग पुग्ने उल्लेख गरे । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - २२:२८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology