Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै

जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै
images

जुम्ला, २९ फागुन । जुम्लाका खेलाडी  दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन् ।  भरतको  नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन्  ।

images
images

२७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री  च्याम्पियन सिप प्रतियोगितामा भाग लिन जुम्लाका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बोहोरा  काठमाडौं हुँदै भारतको नागल्याण्डमा जाने भएको कर्णाली स्पोर्ट क्लबले बताएको छ ।

जुम्लाका चार खेलाडीलाई जिल्लाबाट बिदाइ गरिएको कर्णाली स्पोर्ट क्लबका सहसचिब धनराज सुनारले बताए ।

 एथेलेटिक्स खेलाडीहरु जुम्लाबाट काठमाडौं हुँदै भारतको नागल्याण्डमा  जाँदै छन् । सहसचिव सुनारका अनुसार  बन्धना बुढा सिनियर र अन्य तीन जना जुनियर दौड प्रतियोगितामा भाग लिने छन् । उनले भने , 'खेल प्रतियोगितामा भारत जाने खेलाडीलाई क्लबको आयोजनामा विदाई कार्यक्रम समेत गरिएको छ ।'   बिदाइ कार्यक्रममा  नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले  संयुक्त दोसल्ला र अविरले विदाई गरेका  छन्  । 

महासंघका अध्यक्ष शाहीले खेल क्षेत्रमा म्याराथुन धावक हरिबहादुर रोकायाको योगदानले एथेलेटिक्समा खेलाडीहरु जन्माउनुका साथै खेलाडीहरुले नेपालको शिर उचो हुने गरि प्रदर्शन गर्न शुभकामना दिए । 

 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - २२:११:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology