Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दैलेखको नमुनाबस्तीः ६० वादी परिवार लालपुर्जाविहीन 

दैलेखको नमुनाबस्तीः ६० वादी परिवार लालपुर्जाविहीन 

सिआईएन

२९, फाल्गुण २०७८
दैलेखको नमुनाबस्तीः ६० वादी परिवार लालपुर्जाविहीन 
images

खगेन्द्र राना मगर, दैलेख, २९ फागुन । सरकारले भूमिहीन तथा सुकुम्बासी नागरिकको लागि जग्गा उपलब्ध गराउने गरि काम गरिरहेको दावी गर्ने गरेको छ । दैलेखका वादी समुदाय बर्षौदेखि लालपुर्जा बिहिन बनेर बसिररहेका छन् । उनीहरूसँग आफ्नै नाममा जग्गा त छैन नै, पठन पाठन र खाद्य सुरक्षाको अधिकार पनि उपयोग गर्न नपाएको उनीहरूको गूनासो रहेको छ ।

images
images

दैलेखको नारायण नगरपालिकामा १८ वर्षदेखि बस्दै आएका ६० घर परिवार वादी समुदायले आफ्नो उचित व्यवस्थापनको ग्यारेन्टी गरिदिन माग गरेका छन् । सदरमुकाम समेत रहेको नारायण नगरपालिका ६ गणेशचोकको पछाडिपट्टी भिरालो ठाउँमा रहेको नमुना बस्तिमा ६० घरपरिवार बादी समुदायको बसोबास छ ।

तत्कालीन द्वन्द्वकालमा राज्य र माओवादी दुवै पक्षबाट असुरक्षित रहेको भन्दै जिल्लाका विभिन्न ठाउँबाट आएर बसोबास गरिरहेका उनीहरूको आम्दानीको कुनै स्रोत छैन । बसोबास गर्न थालेको १८ वर्ष भयो, उनीहरूले बसिररहेको ठाउँको लालपुर्जा दिन माग गरेका छन् । सदरमुकामको छेउमै रहेको भिरालो जग्गामास–साना झुपडीहरु निर्माण गरेर बसोबास गरिरहेका बादी समुदायका नागरिकहरू सरकारले आफ्ना समस्यामा नहेरेको गूनासो गर्छन् ।

निर्वाचनको समयमा मत माग्ने तर आफूहरूको गास, बास र कपासको उचित व्यवस्थापन भने नगरिदिने गूनासो उनीहरूको छ । बस्तीका नागरिकले आफूहरूको लागि रोजगारी, शिक्षा, स्वास्थ्य र बसोबासको ग्यारेन्टी गरिदिन बारम्बार आग्रह गर्दै आइरहेका छन् । तरपनि स्थानीय सरकार र सम्बन्धित निकायले आफ्नो माग नसुनेको उनीहरूको गूनासो छ ।

विभिन्न समयमा राज्यले पटक पटक भुमी आयोग बनाएर काम गरेपनि नमुना बस्तिका बादी समुदायको समस्या भने जस्ताको त्यस्तै छ । भुमिहिन बस्तीका नागरिकहरूलाई समेट्नका लागि राष्ट्रिय भुमी आयोग दैलेखले काम अघि बढाएको छ । आयोगका अध्यक्ष नयाराम थापाले तथ्याङ्क सङ्कलनका लागि नगरपालिकाले सूचना जारी गरिसकेको बताउनुभयो । उहाँले तथ्याङ्क सङ्कलन पछि पुनः अद्यावधिक गर्ने प्रक्रिया सुरु हुने भन्दै तथ्याङ्क आएको एकदुई दिनमै काम सुरु हुने र लालपुर्जा वितरण गरिने उल्लेख गर्नुभयो ।

बस्तीमा रहेका लगभग २ सय ५० भन्दा बढी नागरिकले आफूहरूको लागि आधारभूत आवश्यकताहरू पूरा गर्ने वातावरण बनाइदिन तथा लालपुर्जा दिलाइदिन माग गरेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - ०९:१६:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology