Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनका युवा पत्रकार विप्लव काफ्ले आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

चितवनका युवा पत्रकार विप्लव काफ्ले आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
चितवनका युवा पत्रकार विप्लव काफ्ले आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत
images

चितवन, २८ फागुन । चितवनका युवा पत्रकार विप्लव काफ्ले आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उद्योग वाणिज्य संघ–चितवनले शनिबार ५५औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा काफ्लेलाई नगद पुरस्कारले पुरस्कृत गरेको हो ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरण गरेका थिए । पुरस्कार राशी ५१ हजार रुपैयाँ रहेको छ । संघले हरेक २ वर्षमा चितवनबाट आर्थिक विषयका समाचार लेख्दै आएका पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

माडी–१ का स्थायी बासिन्दा काफ्ले भरतपुरलाई कार्यक्षेत्र बनाएर २०६५ सालदेखि पत्रकारितामा क्रियाशिल छन् । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनमा उनी सक्रिय छन् । हाल उनी कालिका एफएममा समाचार प्रमुख र कारोबार दैनिकको चितवन संवाददाताको रुपमा कार्यरत छन् ।

उनी नेपाल पत्रकार महासंघ चितवनको कार्यसमिति सदस्य, नेपाल प्रेस युनियन चितवनको कोषाध्यक्ष समेत हुन् ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - २१:४१:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology