Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

किन छाडे सांसद विष्टले सांसद पद र पार्टी ?

किन छाडे सांसद विष्टले सांसद पद र पार्टी ?

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
किन छाडे सांसद विष्टले सांसद पद र पार्टी ?
images

जितेन्द्र थापा, सुर्खेत, २८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सुर्खेत पुगेकै दिन माओवादी प्रदेश सभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गरे ।

images
images

नेकपा माओवादी अध्यक्ष शुक्रबार पार्टीबारे प्रशिक्षण दिन सुर्खेत पुगे । तर, कर्णाली प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका सांसद ठम्मरबहादुर विष्ट भने काठमाडौँमा थिए । उनले त्यही दिन सांसद पद र माओवादी केन्द्र पार्टी परित्यागको घोषणा गरे ।

विष्टले राजीनामा पत्र कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही र पार्टीको केन्द्रीय कार्यलयमा बुझाई सकेको बताएका छन् । विष्टले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गरिएको र त्यसमा पार्टीको सहमतिमा चित्त नबझेकाले पार्टी परित्याग गरेको बताएका छन् । यति मात्र नभएर कर्णालीमा गैर–सांसदलाई मन्त्री बनाउने प्रचण्डको निर्णयप्रति पनि आफू सहमत हुन नसकेको बिष्टको भनाइ छ ।

हाम्रो पार्टीको नीति, विधि र सिद्धान्त फरक छ तर, अध्यक्ष प्रचण्डले त्यसको ढाडो उंल्लघन गरेर राष्ट्रघाती एमसीसी पास गर्नमा निर्णयक भूमिका खेल्नुभयो,’ उनले भने, ‘यो कुरा पार्टी भित्रका धेरै नेता, कार्यकर्तासँगै मलाई पनि पटकै मन परेको थिएन त्यसैले पार्टीमा बसिरहन उचित लागेन ।’

पार्टीले गल्ती गरिरहने र कार्यकर्ताले बिरोध गरिरहँदा पनि पार्टी अध्यक्षले एकलौटी निर्णय गर्ने भएपछि माओवादी केन्द्र मै नबस्ने निर्णयमा पुगेको विष्टले बताए । यस्तै, प्रदेश सभामा पनि आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन भइरहेको तर, आफूले जति सल्लाह, सुझाव र बिरोध गरिरहे पनि त्यो नरोकिएको भन्दै सरकारकै तलव, भत्ता खाएर सरकारकै विरोध गरिरहन उचित नलागेको भन्दै प्रदेशसभा बाट पनि राजीनामा दिएको बताए ।

सभामुख राजबहादुर शाहीलाई दिएको दुई पेजको राजीनामा–पत्रमा विष्टले माओवादी पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गरेको आरोप लगाएका छन । उनले लेखेका छन, ‘एमसीसीको विषयमा कथित व्याख्यात्मक टिप्पणीको ढ्वाङ रच्ने एवं अर्कोतिर आफ्नो झुट र कर्तुतलाई ढाकछोप गर्न सयौँ झुटका पुलिन्दा फ्याँकेर जनतालाई मूर्ख बनाउने काममा माओवादी नेतृत्व तल्लिन छ ।

सांसद बिष्टले पार्टी छोड्नुको कारण के थियो ?

कर्णाली प्रदेशसभाका प्रमुख संचेतक समेत रहेका सांसद ठम्मरबहादुर विष्टले एमसीसी पारित गरिनु, आफूले पार्टी छोड्नुको मूख्य कारण रहेको जिकिर गरेपनि उनी अध्यक्ष प्रचण्डको बचन अनुसार आफूलाई प्रदेश सरकारमा मन्त्री नबनाइएकोमा रुष्ट थिए । प्रचण्डले उनको ठाउँमा हुम्लाका गैर–सांसद र यसअघि मूर्ति चोरीको अभियोगमा जेल परेका कार्चेन लामालाई मन्त्री बनाएपछि उनी प्रचण्डप्रति रुष्ट थिए ।

विष्टले एमसीसी मात्र नभई पार्टीले लाभको पदमा पुग्न दिने वातावरणको सिर्जना नगरेको भन्दै एक वर्ष अघि पनि माओवादी पार्टी छाडेका थिए । 

बिष्टले नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा अर्थात एमालेमा लागेका थिए । उनलाई एमालेको केन्द्रीय सदस्य नै बनाइएको थियो । उनले राजा महेन्द्र पछिको राष्ट्रबादी ब्यक्ति केपी ओली नै भएकाले आफू ओलीतिर लागेको बताएका थिए । तर, ०७७ चैत्र –१ मा उनी प्रचण्ड कहाँ पुगेर आफू पार्टीभित्रैबाट पीडित भएको बताएका थिए । त्यसपछि प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएपछि उनी माओवादीमा फर्किएका थिए ।

प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएपनि विष्टलाई पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री नबनाई मुख्य सचेतकको जिम्मेवारी दिएका थिए । शाहीले दुई पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनलाई मन्त्री बनाएनन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुँदा पनि उनको हुने चर्चा थियो । तर, गैर–सांसदलाई मन्त्री बनाएपछि विष्ट गठबन्धनविरुद्धमा उत्रिएका थिए ।

उनले राजीनामा दिएपनि पार्टी प्रवेशको बारेमा भने जानकारी दिएका छैनन । तर, उनी यसअघि नै एमाले नजिक बनेकाले फेरि एमाले मै जाने सम्भावना रहेको स्रोतको दाबी छ । एमालेसँग पद तथा भूमिकाको कुरा मिलेपछि उनी एमाले मै जाने सम्भावना रहेको उनी निकट नेताहरू बताउँछन् ।

 

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - २१:२६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology