Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

‘मार्क्सवादी गुरु’ शेरबहादुर गुरुङलाई कम्युनिष्ट झण्डा ओढाएर बिदाई

‘मार्क्सवादी गुरु’ शेरबहादुर गुरुङलाई कम्युनिष्ट झण्डा ओढाएर बिदाई

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
‘मार्क्सवादी गुरु’ शेरबहादुर गुरुङलाई कम्युनिष्ट झण्डा ओढाएर बिदाई
images

काठमाडौं, २८ फागुन । माक्र्सवादी गुरु शेरबहादुर गुरुङको ९० वर्षको उमेरमा निधन भएको छ । धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान गुरुङको निधन भएको हो ।

विभिन्न रोगबाट बिरामी परेका गुरुङको पछिल्लो समय धुलिखेल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

शेरबहादुरको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पूर्वमन्त्रीद्वय पार्वत गुरुङ र गणेश पहाडीले गुरुङको शवमा श्रद्धाञ्जली दिँदै कम्युनिष्ट पार्टीको झण्डा ओढाउँदै अन्तिम बिदाई गरेका थिए ।

दोस्रो विश्वयुद्धमा समेत लडेका उनी सिंगापुर पुलिसको सेवानिवृत्त इन्स्पेक्टर हुन् । नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका सभापति समेत भइसकेका शेरबहादुरलाई ‘माक्र्सवादी गुरु’को नामले समेत चिनिन्छ ।

उनी जिल्ला पञ्चायत सिन्धुलीका सदस्य पनि भएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - २१:२२:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology