Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

थारु पत्रकार संघ चितवनको अध्यक्षमा दीपेश चौधरी चयन

थारु पत्रकार संघ चितवनको अध्यक्षमा दीपेश चौधरी चयन

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
थारु पत्रकार संघ चितवनको अध्यक्षमा दीपेश चौधरी चयन
images

चितवन, २८ फागुन । थारु पत्रकार संघ चितवनको अध्यक्षमा दिपेन्द्र चौधरी (दीपेश) चयन भएका छन्। संघको आज (शनिबार) सम्पन्न चौँथो अधिवेशनबाट दिपेन्द्र चौधरी (दीपेश) काे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। संघको उपाध्यक्षमा संजय चौधरी, सचिवमा दीपेन्द्र चौधरी, सह–सचिवमा सिसम महतो र कोषाध्यक्षमा राकेश चौधरी चयन भएका छन्।

यस्तै संघको कार्यसमिति सदस्यहरुमा शिव महतो, अपेक्षा चौधरी, सबिता महतो, प्रमिला महतो, विन्दा महतो र निरज महतो सर्वसम्मत चयन भएका छन्।

थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरी प्रमुख अतिथी रहेको कार्यक्रममा थारु पत्रकार संघ नेपालका केन्द्रीय महासचिव सन्तकुमार चौधरी विशिष्ट अतिथी, पूर्व न्यायधिश नन्दलाल महतो, फोनिज र थारु पत्रकार संघका केन्द्रीय सदस्य राजु चौधरी, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, थारु पत्रकार संघ चितवनका निवर्तमान अध्यक्ष कारी महतो, फोनिज चितवनका अध्यक्ष रमेश राना मगर, तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरुङ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, नेवा: पत्रकार राष्ट्रिय दवु चितवनका अध्यक्ष कमलमान श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

संघकी अध्यक्ष सुमित्रा महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - २१:००:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology