Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वीरगन्ज महानगरपालिकाका मेयर एमालेमा प्रवेश

वीरगन्ज महानगरपालिकाका मेयर एमालेमा प्रवेश

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७८
वीरगन्ज महानगरपालिकाका मेयर एमालेमा प्रवेश
images

वीरगन्ज, २८ फागुन । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र माला लगाएर सरावगी एमालेमा प्रवेश गरेका हुन् ।

बाराको प्रसौनीमा शनिबार दिउँसो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरावगीलाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेर वीरगन्ज महानगरको मेयरमा निर्वाचित सरावगी हालः जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य पनि थिए । 

व्यपारिक घारानाका उद्योगी सरावगीले २०७३ चैत ६ गते तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेर राजनीति यात्रा थालेका थिए । 

२०७४ को स्थानीय तहमा सरावगी १९ हजार ३ सय ९३ मत ल्याएर निर्वाचित भएका थिए । मेयरमा निर्वाचित भएको दुई वर्ष नबित्दै सरावगीलाई आफ्नै पार्टीका नेताहरुबाट असहयोग हुन थालेको थियो ।

शनिबारमा प्रसौनीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका वीरगन्ज महानगर इन्चार्ज बाबुराम कौशीक, वाइसिएलका केन्द्रीय सदस्य ओम प्रकाश गुप्ता पनि एमालेमा प्रवेश गरेका छन्। 

कार्यक्रममा पूर्वमन्त्रीद्वय प्रभु साह र रघुवीर महासेठ, एमालेका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरालगायतको पनि उपस्थिति थियो ।  

images
प्रकाशित मिति :फाल्गुण २८, २०७८ शनिवार - २०:०८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology