देवघाट, २८ फागुन । ‘हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नारा सहित देवघाटमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यलय देवघाटको आयोजना र देवघाट सामुदायिक सेवा केन्द्रको समन्वयमा सो सरसफाई कार्यक्रम भएको हो।

शुक्रबार बिहान देवघाटको मुल सडक महेशमार्गबाट सफाई सुरू गर्दै चक्रवर्ति मन्दिर आसपास हुदैँ बासुचोक सम्म सफाई गरेर सरसफाइ कार्यक्रमसमापन गरिएको हो ।

शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि मन्दिर सरसफाइ कार्यक्रम राखिएको इलाका प्रहरी कार्यलय देवघाटका प्रमुख प्रमोद कुमार नेपालीले सोही सफाई कार्यक्रम बताए । उनले देवघाट एक पवित्र स्थल भएको हुदाँ तत्काल अन्य क्षेत्रमा कार्यक्रम गर्नु भन्दा पहिले मन्दिर वरिपरि सफाई गरौं भनेर कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।

दिनदिनै विभिन्न क्षेत्रबाट देवघाटमा तिर्थालु भक्तजनहरू आउनेजाने गर्ने भएको हुदाँ फोहोर पनि त्यस्तै जताततै छरपस्ट देखिने र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम पनि राख्नु पर्ने भएकोले सोही अवसरमा मन्दिर सफाई कार्यक्रम गरिएको देवघाट सामुदायिक सेवा केन्द्रका अध्यक्ष होमबहादुर भारतीले बताए ।

सो सरसफाइ कार्यक्रममा टोलविकासका संस्थाका व्यक्तिहरू पनि सहभागी रहेका थिए ।