Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाल मगर संघ इच्छाकामनाको नयाँ भवन निर्माण, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङद्वारा उद्घाटन

नेपाल मगर संघ इच्छाकामनाको नयाँ भवन निर्माण, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङद्वारा उद्घाटन

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०७८
नेपाल मगर संघ इच्छाकामनाको नयाँ भवन निर्माण, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङद्वारा उद्घाटन
images

कुरिनटार, २६ फागुन । नेपाल मगर संघ इच्छाकामनाको भवन आज एक कार्यक्रमको विच उद्घाटन गरिएको छ । चेरेस स्थित रहेको मगर समाजको भवन गाउपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ्गको प्रमुख आतिथ्य तथा उपाध्यक्ष कृति कुमार श्रेष्ठको विशेष आतिथ्यमा उद्घाटन भएको हो । 

भवनको निर्माण सम्पन्न भएसंगै स्थानीय सबैका लागि विभिन्न कार्यक्रमहरु गर्न सहज हुने कुरा बताउदै गाउपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ्गले आफु इच्छाकामना गाउँपालिकाको अध्यक्ष बनेपछि ७ वटै वडाहरुमा उल्लेखनिय विकास निर्माणका कामहरु गरेको बताए । विभिन्न व्यक्तित्व तथा मगर समुदायहरुबाट उठेको रकममा गाउँपालिकाको झण्डै १४ लाख रुपैया सहयोग पाएपछि भवन निर्माण सम्पन्न भएको नेपाल मगर समाजका सचिव राकेश थापाले बताए ।

कार्यक्रममा समाज घर निर्माण गर्न सहयोग पु¥याउने तथा आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा समितिका सल्लाहकार सदस्य पदम कुमारी मगरले स्वागत मन्तव्य राखेका थिए भने सचिव राकेश थापा र भरत थापा मगरले कार्यक्रम संचालन गरेका थिए । 

नेपाल मगर संघ इच्छाकामनाको अध्यक्ष जित बहादुर थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा पञ्चेबाजा, चुड्का नाच लगाएत विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिध, विभिन्न संघ संस्थाको प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - २३:३९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology