देवघाट, २६ फागुन । तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ का समाजसेवी छोरा गोपाल सिं कुबंर र पुर्णबहादुर कुबंर परिवारबाट स्वार्गिय हजुरबुवा झिन बहादुर कुबंर र हजुरआमा जमुना कुबंरको स्मृतिमा विद्यार्थीहरुलाई पोशाक सहयोग गरेका छन्। उनीहरुले देवघाट ५ मा रहेको चक्रबती आधारभूत बिद्यालय अध्ययनरत ३२ जना आर्थिक अबस्था कमजोर रहेका जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको पोशाक सहयोग गरेका हुन्।

युवा नेता पुर्णबहादुर कुबंरले आफ्नो स्वार्गिय बुबाआमाको स्मृतिमा देवघाट ५ घिनटारमा रहेको चक्रबती आधारभूत विद्यालयमा अध्यनरत ३२ जना जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको पोसाक वितरण गरिएको हो।
कार्यक्रममा समाजसेवी युवा नेता पुर्णबहादुर कुबंरले कार्यक्रममा बोल्दै जेहेन्दार र आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई केहि थप प्रोत्साहन गर्ने उद्देश्यको साथ पोसाक सहयोग गरेको बताए। साथै कुबंरले शिक्षा क्षेत्रको बिकास भए मात्रै ठाउँको पनि बिकास हुनेमा जोड दिए।
सो कार्यक्रममा देवघाट २ नम्बर वडाका समाजसेवी ब्याक्ती छबिजंग सिं ठकुरीले शैक्षिक क्षेत्रको बिकास र शैक्षिक गुणस्तरलाई अगाडी बढाउन सके मात्रै गाउँ टोल र समुदाय बिकास हुँदै देशको बिकास हुने बताए। शिक्षा क्षेत्रको गुणस्तरको लागी सवै संघ संस्थाहरु संघ समन्वय गरि आफु अगाडी बढ्ने र कुनै पनि बालबालिकाहरु शिक्षा देखी बन्चित हुन नहुने ठकुरीले बताए।

यस्तै विद्यालयलाई देवघाट २ का समाजसेवी व्यक्ती छबिजंग सिं ठकुरीले ३२ इन्जको १ थान स्मार्ट टि.भि. पनि सहयोग गरेका छन्।
कार्यक्रममा देवघाट गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,समाजसेवी अर्जुन अधिकारी, तरुण दल देवघाटका अध्यक्ष बल बहादुर क्षेत्री लगाएतको उपस्थिति रहेको थियो।