Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मुग्लिनका कुशल फुटबल खेलाडी स्वर्गीय दिपेन्द्र थापाको सम्झनामा दिप प्रज्वलन

मुग्लिनका कुशल फुटबल खेलाडी स्वर्गीय दिपेन्द्र थापाको सम्झनामा दिप प्रज्वलन

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०७८
मुग्लिनका कुशल फुटबल खेलाडी स्वर्गीय दिपेन्द्र थापाको सम्झनामा दिप प्रज्वलन
images

मुग्लिन, २६ फागुन । मुग्लिनका कुशल फुटबल खेलाडी स्व. दिपेन्द्र थापाको सम्झनामा दिप प्रज्वलन गरिएको छ । दिपेन्द्र स्मृति एकेडेमी मुग्लिनले एक कार्यक्रमको आयोजना गरी स्व. थापाको जन्मदिनको सम्झनामा दिप प्रज्वलन गरेको हो ।

स्थानीय स्तरमा खेलकुद र सागेतिक दुवै क्षेत्रको विकासमा लागि परेका थापाको २०७८ भाद्र ८ गते अल्पायुगमै हृदयघातका कारण निधन भएको थियो । एकेडेमिले स्व.थापाको घर अगाडी आफन्त, स्थानीय खेलाडी, प्रशिक्षक, प्रशिक्षार्थी तथा स्थानीयहरुको उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम गरेको हो ।

छोटो समयमा नै खेलकुद क्षेत्रमा लोकप्रियता कमाउन सफल थापाले खेलकुदमा देखेकोे सपना पूरा गर्ने लक्ष्यका साथ स्थानीय युवाहरु मिलेर दिपेन्द्र स्मृति फुटबल एकेडेमी समेत सञ्चालन गरेको छ । एकेडेमीले २५ जना खेलाडीहरुलाइ २ जना प्रशिक्षक राखेर नियमित तालिम दिदै आएको छ ।

सानो उमेर देखि नै खेल क्षेत्रमा कुशल खेलाडीको परिचय बनाएका थापाको स्मृतिमा दिपेन्द्र स्मृति महिला फुटबल प्रतियोगिता आयोजना गर्न गइरहेको एकेडेमीका संयोजक आकाश शेरचनले जानकारी दिए ।

त्यस्तै आर्थिक अभावका कारण खेल क्षेत्रमा प्रवेश गर्न नसेकाहरुलाई यस एकेडेमिले निशुल्क रुपमा सहयोग गर्ने एकेडेमिका सदस्य सुरज सिलवालले बताए । हाल सम्म एकेडेमीले आफ्नो मेम्बारहरुबाट उठाएको रकमबाट मात्र प्रशिक्षार्थीहरुलाई निशुल्क रुपमा प्रशिक्षण गर्दै आएको छ निकट भविष्यमा एकेडेमी सञ्चालनार्थ स्थानीय सरकार तथा विभिन्न संस्थाहरुसंग सहयोगको लागि अपिल गरिने समेत सिलवालले बताए ।

 
 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - २२:१२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology