Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कालापहाडबाट जुम्ला फर्किनेको लर्को

कालापहाडबाट जुम्ला फर्किनेको लर्को

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
कालापहाडबाट जुम्ला फर्किनेको लर्को
images

दिलमाया शाही, जुम्ला, २५ फागुन । रोजगारीका लागि भारत गएका जुम्लाबासी फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लावासीको घुइचो लाग्न थालेको हो । गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन् ।

images
images

दसैँ लगतै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन् । 'घरमै बसौं रोजगारीका अवसर छैनन् । बेरोजगार भएर नाङ्गो परिवार टुलुटुलु हेरेर बस्न सकिँदैन,' स्थानीय बिर्षबहादुर बुढाले भने,‘कालापहाड रहर होइन, बाध्यता हो ।’

हिउँदको सुख्खा सिजनमा खेतीपातीका लागि कुनै काम नहुँदा आफूहरू काला पहाड जाने गरेको उनले बताए । घर फर्कँदा सीमा नाकामा निकै सास्ती खेप्नु परेको गुनासो उनीहरूको छ । जुम्लाका एक नगरपालिका र सात वटै गाउँपालिकाबाट युवा कालापहाड जाने गरेका छन् ।

'गाउँमा रोजगारीको कुनै अवसर छैन । कालापहाड जानुको विकल्प पनि हुँदैन,' बिर्खबहादुरले भने, 'कर्णालीका सबै जसो जिल्लाबाट मजदुरीको लागि कालापहाड जाने गरेका छन् । भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिन्छन् ।'

जुम्लामात्रै होइन कर्णालीबाट हजारौं युवा कालापहाड जानेगर्छन् । गाउँमा आउने विकास निर्माणका काम पहुँचवालाको हातमा जान थालेपछि सर्वसाधारण कालापहाड रोज्न विवश हुने गरेको उनले बताए ।

युवा जति भारतमा जान थालेपछि गाउँमा बालबालिका, महिला र बुढाबुढी मात्र रहेको उनले बताए । कालापहाडबाट अटोरिक्सावालाले पनि दोब्बर रुपैयाँ लिने गरेको उनी बताउँछन् ।

 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - २१:५५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology