Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

अनेमसंघ क्रान्तिकारी इच्छाकामनाले तामिन गाउँमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

अनेमसंघ क्रान्तिकारी इच्छाकामनाले तामिन गाउँमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
अनेमसंघ क्रान्तिकारी इच्छाकामनाले तामिन गाउँमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो
images

कुरिनटार,२४ फागुन । अखिल नेपाल महिला संघ (अनेमसंघ)क्रान्तिकारी इच्छाकामनाले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । इच्छाकामना ४ तामिनमा एक अन्र्तक्रिया कार्यक्रम गरि दिवस मनाइएको हो ।

श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालको प्रमुख आतिथ्यतामा एक अन्र्तक्रिया कार्यक्रम गरि मनाइएको हो ।

गाउँका महिलाहरुको सहभागितालाई बढाउन गाउँमा कार्यक्रम गरिएको अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवालले बताउनुभयो ।

274588156_5170363086319367_8505914433839525625_n.jpg

यस्ता कार्यक्रमहरु बजार केन्द्रित हुदाँ गाउँका महिलाहरु आाफ्नो हक अधिकार बारे शुसुचित हुनबाट बञ्चित हुदैँ आएको उहाँको भनाई छ । बजार केन्द्रित मात्र कार्यक्रम हुदाँ गाउँका महिलाहरुले सहभागीता जनाउन नसक्ने उहाँको भनाईछ ।

नेकपा माओवादी केन्द्र प्रदेश सदस्य प्रताप गुरुङ र सावित्री गुरुङको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य प्रकाश पोखरेल, नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि बहादुर थापा लगायतको उपस्थिति रहेका थिए ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २२:३९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology