कुरिनटार, २३ फागुन । ५ दिन अघि मात्र नेकपा माओवादी केन्द्र प्रवेश गरेका नेकपा एमालेबाट निर्वाचित पूर्व वडा सदस्य रामचन्द्र त्रिपाठी पुनः एमालेमै फर्किएका छन्। एमालेको गाउँकमिटि सदस्य समेत रहेका त्रिपाठी गत बिहिबार माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
माओवादी केन्द्र प्रवेश गरेका त्रिपाठी ५ दिन पनि टिक्न सकेनन्। एमाले निकट अखिल नेपाल महिला संघ इच्छाकामना गाउँ कमिटिको कुरिनटारमा आज आयोजति प्रथम अधिवेशन कार्यक्रममा उपस्थित भएर त्रिपाठीले आफु पुनः एमालेमै फर्किएको बताएको हो।